पद्मश्री पुरस्कारले सम्मानित लेप्चालाई रम्फूमा भव्यरूपमा स्वागत

IMG-20240513-WA0202.jpg

गान्तोक: पद्मश्री पुरस्कारले सम्मानित जोर्डन लेप्चालाई आज रम्फूमा भव्यरूपमा स्वागत जनाइयो। उल्लेखनीय छ, गत केही दिन अघि लेप्चालाई नयाँ दिल्लीमा आयोजित एक कार्यक्रमबीच मंगन जिल्ला अन्तर्गत जङ्गु निवासी जोर्डन लेप्चालाई देशकी राष्ट्रपति द्रोपदी मूर्मुको बाहुलीबाट पद्मश्री पुरस्कार प्रदान गरिएको थियो। लेप्चालाई उक्त पुरस्कार कलाको क्षेत्रमा प्रदान गरिएको हो। लेप्चाले विगत केही वर्षदेखि लेप्चा जातिको परम्परालाई संरक्षण गर्ने उद्देश्यले बाँसको टोपी लगायत अन्य सामग्री बनाउँदै आइरहेका छन्। उनलाई रम्फूमा स्वागत जनाउनको निम्ति पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेल, महकुमा अधिकारी थेन्डुप लेप्चा लगायत सिक्किम लेप्चा एसोसिएशनका सदस्यहरूको उपस्थिति रहेको थियो। उनको यो प्रशंसनीय प्रयासले प्राचीन कलाको संरक्षणमा गर्न मात्र सहयोग नगरेर सिक्किमका विभिन्न भागका युवाहरूलाई शिल्प सिक्न र आत्मनिर्भर बन्नमा पनि सहयोग पुग्नेछ। समाज र समाजप्रतिको उनको अथक समर्पणले उनलाई प्रतिष्ठित पुरस्कारले सम्मान जनाइएको हो। जोर्डन लेप्चाको काम प्रेरणाको ठूलो स्रोत हो, उनको शिल्प र समुदायप्रतिको अटल प्रतिबद्धताबाट धेरै कुरा सिक्न सकिने जानकारी गराइएको छ।

About Author

Advertisement