पथश्री योजना अन्तर्गत शिवखोला ग्राम पञ्चायतको मालाबासेदेखि अप्पर सिमरिङसम्मको रोड निर्माणको लागि शिलान्यास

IMG-20260206-WA0096

खरसाङ: खरसाङ खण्ड अन्तर्गत शिवखोला ग्राम पञ्चायतको अप्पर सिमरिङ क्षेत्रमा नयाँ रोड निर्माणको लागि शिलान्यास कार्य सम्पन्न गरिएको छ‌। पीडब्ल्युडी मुख्य रोडदेखि मालाबासे भएर अप्पर सिमरिङसम्म पुग्ने रोडको निर्माणको लागि शिलान्यास गरिएको छ। २.५ किलोमिटर लामो उक्त रोड पश्चिम बंगाल राज्य ग्रामीण विकास संस्थानमार्फत् निर्माण भईरहेको छ। पथश्री योजना अन्तर्गत निर्माण हुन लागेको यस रोडको लागत खर्च २ करोड २५ लाख २७ हजार ६ सय ८५ रुपियाँ रहेको छ।‌ उक्त रोडको शिलान्यास प्रमुख अतिथिको रुपमा उपस्थित तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको बाहुलीबाट सम्पन्न गरिएको छ‌। यस अवसरमा शिवखोला ग्राम पञ्चायतको पञ्चायत प्रधान मोहनकुमार प्रधानको बाहुलीबाट नरिवल फुटाएर गरिएको छ। यस अवसरमा कर्माध्यक्ष दावा वाङ्दी लामा, पञ्चायत समिति सदस्या अनिरा तामाङ, पञ्चायत सदस्यहरु बिक्की पाख्रिन, मोनिका लामा, सिर्जना छेत्री, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, शिवखोला ग्राम पञ्चायत स्तरीय ब्लक कमिटीको सभापति प्रणय देवान, सचिव नरेश राई, कमल सुब्बा, सिमरिङ बुथ कमिटीको सभापति डीबी सुब्बा, ट्रेड युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापा लगायत अन्यहरु उपस्थित रहेका थिए।

यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै कमल सुब्बाले मालाबासेसम्म पुग्ने रोड निर्माणको लागि जीटीएको प्रमुख कार्यपाल अनित थापा समक्ष निवेदन गरेको र उनले पनि बनाई दिने वचन दिएका थिए। आज उक्त वचन पूरा भएको छ र यसको लागि जीटीए प्रमुख अनित थापा, पञ्चायत समिति, सदस्या, पञ्चायत सदस्यहरु लगायत पार्टी कार्यकर्ताहरु सबैमा धन्यवाद ज्ञापन गरेका छन्।

About Author

Advertisement