पञ्चायत सिमाङ्कन र छोडिएका गाउँहरुलाई पञ्चायतमा अन्तर्भुक्त गराउन तीनधारेमा सभा

IMG-20220906-WA0221.jpg

खरसाङ: वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको आयोजनामा संगठनको भवनमा जेबी गुरुङको अध्यक्षतामा पञ्चायत सिमाङ्कन र छोडिएका गाउँहरुलाई अन्तर्भुक्त गराउन एक सभाको अायोजन गरियो। सभाको सञ्चालन संगठनकै अध्यक्ष दिपक प्रधानले गरेका थिए। सभामा विभिन्न गाउँका संघ-संस्थाका प्रतिनिधिहरुले अंश ग्रहण गरेका थिए। सभामा तीनधारे महानदीका सभासद नवराज छेत्रीले गत अप्रेल महिनादेखि यस कार्यमा सलंग्न रहेको अनि सबै छोडिएका गाउँहरुलाई यसपाली पञ्चायतमा अन्तर्भुक्त गराउने ठोस आश्वासन साथै प्रतिलिपहरु खरसाङ ब्लक डेप्लोमेन्ट कार्यालयमा बुझाएको कुरा सभामा पेश गरे। सभामा तीनधारेलाई घैयाबारी ग्राम पञ्चायतदेखि छुट्टाएर अलग्गै तीनधारे ग्राम पञ्चायत बनाउने पहल विषय सभामा चर्चा परिचर्चा गरियो। यस विषयलाई सभासद तीन दिन खरसाङ बसेर यसको चुडान्त निर्णय गराउने र पछिबाट अाएर सभामा राख्ने घोषणा गरे। विभिन्न वक्ताहरुको कुरा राखे पश्चात सभाले अागामी सभामा जनाउने प्रस्ताव पारित गरेको छ। अागामी सभा पञ्चायत सचिवको अध्यक्षतामा अहिले बीएलअोले एससिएसटि अनि अोबिसी बिषयमा गरिरहेको जनगणना विषयमा पनि सभाले जानकारी लिने तय गरेको तीनधारेबाट वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको सभापति दिपक प्रधानले जनाएका छन्।

About Author

Advertisement