पञ्चायत समितिबाट घुम्ती चियाबारीमा बाटो निर्माणको लागि शिलान्यास

IMG-20241203-WA0222

खरसाङ: खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतको घुम्ती चिया कमानको कारखानादेखि उँभो बाटो निर्माणको लागि शिलान्यास गरिएको छ। खरसाङ खण्ड पञ्चायत समितिको पक्षबाट ३ मिटर चौडा सिमेन्टको बाटो निर्माण कार्यको लागि शिलान्यास गरिएको छ। गत उक्त बाटोको शिलान्यास महानदी ग्राम पञ्चायतको पञ्चायत समिति सदस्या सरिता मुखियाको बाहुलीबाट पूजा अर्चना गरी सम्पन्न गरिएको छ‌।‌शु यस अवसरमा पञ्चायत समिति सदस्यस सरिता मुखियाले समितिको सानो बजेटमा निर्माण हुन लागेको यस बाटो जहाँसम्म बजटले पुग्छ बनाई दिने बताएकी छन्। उनले अरू थप कार्य खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री प्रधान, खरसाङ खण्ड विकास अधिकारीसित सर सल्लाह गरेर गाउँवासीको हितको निम्ति सुविधा उपलब्ध गराउने वचन दिएकी छन्।

पञ्चायत समितिको प्रयासमा धेरै वर्षदेखि थाँतीमा रहेको बाटो निर्माण गर्नु पाउँदा समिति सदस्या साथै गाउँलेहरुले खुसी व्यक्त गरेका छन्।

About Author

Advertisement