पञ्चायत सभापति सहित चार अन्य सदस्य एसकेएम पार्टीमा सामेल

1658854501430.jpg

गान्तोक: तिमी नाम्फिङ निर्वाचन क्षेत्रको बर्मेक जीपीयूबाट पाँच परिवारले विपक्षी एसडीएफ त्यागेर सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमा सामेल भएका छन्। सम्बन्धित क्षेत्र विधायक तथा मन्त्री बीएस पन्तले पार्टीमा सामेल भएका नयाँ सदस्यहरूलाई खदा अर्पण गर्दै पार्टीमा स्वागत जनाए। पार्टीमा सामेल हुनेहरूमा लोवर टोकल पञ्चायत सभापति सरस्वती शर्मा, पञ्चायत सुनिता सुब्बा,मनमाया सुब्बा, छिरिङ डोमा भोटिया र पूर्व पञ्चायत योगबहादुर लिम्बु रहेका छन्। क्षेत्र विधायक बीएस पन्तले उनीहरूलाई स्वागत गर्दै आज सामेल हुने पञ्चायतहरूले पार्टीमा एकत्रित भई गाउँलेको सेवा गर्नुपर्ने सुझाव दिए। एसकेएम पार्टीमा सामेल भएका सदस्यहरूले पनि मन्त्री तथा क्षेत्र विधायकको सुझाव स्वीकार्दै क्षेत्र साथै राज्य विकासको निम्ति काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।

About Author

Advertisement