पञ्चायत चुनाउ: नामाङ्कन पत्रको  स्क्रूटिनीमा काजगपत्र वैध रहेकोले मिरिकका जयन्ती सुब्बा निर्विरोध विजय

MIR-2.jpg

मिरिक: ग्राम पञ्चायत अनि पञ्चायत समितिको चुनाउमा प्रतिद्वन्दिता गर्नका लागि विभिन्न पार्टीका तथा निर्दलीय प्रार्थीहरूले नामाङ्कन पत्र बुझाए पछि आज शनिवार तिनीहरूको स्कुटिनी गरियो यस अवसरमा आज मिरिक खण्ड विकास कार्यालयमा प्रार्थीहरू भेला भएका थिए। स्मरण रहोस, मिरिक महकुमाको ६ वटा ग्राम पञ्चायतमा भागोप्रमो-ले अनि तृणमूल काङ्ग्रेसले १० वटा सीटमा उम्मेद्वारिता दिएको छ। यसरी नै विपक्षी पार्टीहरूको संयुक्त गठबन्धले पनि प्रायः सबैजसो वार्डहरूमा प्रार्थी उतारेको छ। यसवाहेक धेरैवटा वार्डमा निर्दल प्रार्थीहरू पनि चुनाउ मैदानमा खडा भएका छन्। आज भएको स्क्रूटिनीमा सबै आवश्यक कागज पत्र ठीक रहेकोले साथै तिनी विरूद्ध कुनै प्रतिद्वन्दी पनि नरहेकोले गर्दा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका एकजना प्रार्थी श्रीमति जयन्ती सुब्बा निर्विरोध विजय बनेको आधिकारिक रूपमा घोषणा गरिएको छ।

जानकारी अनुसार तिनी पहिला गाउँ स्कुल डाँडा ग्राम पञ्चायत दुई थर्बु नौ माइल चार नम्बर गाँउ २४/१२९बुथबाट निर्विरोध निर्वाचित भएकी छन्। तिनी निर्विरोध निर्वाचित भएको घोषणा गरेपछि समष्टिका सभासद मिलेस राई, मिरिक नगरपालिका अध्यक्ष एलबी राई, पूर्व सभासद फूबी राई अनि पार्टीका प्रतिनिधिहरूले खदा लगाइदिएर तिनलाई बधाई अनि शुभकामना दिए।

About Author

Advertisement