पञ्चायत चुनाउलाई लिएर पाकिम जिल्लामा तयारी

IMG_20220921_231150.jpg

पाकिम: आगामी पञ्चायत चुनाउलाई लिएर पाकिम जिल्लामा तयारी शुरू भएको छ। यस क्रममा आज जिल्लापाल टाशी छोपेल लेप्चाको अध्यक्षतामा स्थानीय कम्युनिटी कम्प्लेक्समा पीठासीन अधिकारीहरूका लागि प्रशिक्षण मोड्युल सम्पन्न गरियो।
जिल्लापाल लेप्चाले जिल्ला गठन भएपछि पाकिममा पहिलो चुनाउ आयोजन हुन लागिरहेको बताए। यस कारण आगामी चुनाउ एउटा चुनौती पनि रहेको बताउॅंदै उनले सबैलाई सकारात्मक बनेर यस चुनौतीलाई स्वीकार गर्न आह्वान गरे। उनले कामकाज सुचारू रूपमा सञ्चालनका लागि अधिकारीहरूले गरिरहेका अथक प्रयासको सराहना गरे।
यस अवसरमा स्रोत वक्ताका रूपमा उपस्थित डीओपीका अतिरिक्त सचिव महेश शर्माले १६४ मतदान केन्द्रका २०९ पीठासीन अधिकारीहरूलाई जानकारी गराए। उनले प्रशिक्षण सम्बन्धी दिशानिर्देश र निर्देशन दिॅंदै चुनाउमा भूमिका र जिम्मेवारीहरूमाथि प्रकाश पारे। प्रशिक्षणमा ईभीएम विषय विषय पनि जानकारी दिइएको थियो।

About Author

Advertisement