पञ्चायत चुनाउको दिन सरकारी र निजी कर्मचारीहरूको सवैतनिक छुटटी

00-1-Rajya-Samachar-1

कोलकाताः राज्य सरकारले पञ्चायत चुनाउको दिन वेतन अवकाशको घोषणा गरेको छ। शनिवार राज्यका २२ जिल्लामा पञ्चायत चुनाउ हुने क्षेत्रहरूमा राज्य सरकारका सबै कार्यालय, शैक्षणिक संस्थान, अन्य सरकारी संस्थान, दोकानहरू, कारखानाहरू र विभिन्न वाणिज्यिक र औद्योगिक प्रतिष्ठान बन्द रहनेछ।

राज्य श्रम विभागले पहिले यस सम्बन्धमा एक अधिसूचना प्रकाशित गरेको थियो। पछि राज्य निर्वाचन आयोगको तर्फबाट अधिसूचनाको उल्लेख गर्दै २२ जिल्लाका जिल्लाधिकारीहरूलाई नोटिस पठाएको छ। आयोगको अधिसूचना अनुसार वेतन अवकाशको मुद्दालाई राज्य वित्त विभागले अनुमति दिएको छ। राज्यका नगर निगम क्षेत्रहरूमा काम गर्ने पञ्चायत क्षेत्रहरूका मतदाताहरूलाई पनि सवैतनिक अवकाश दिने आदेश दिइएको छ।

राज्य सरकारको संविदा कर्मचारीहरूका साथै निजी कर्मचारीहरूलाई पनि सवैतनिक अवकाश दिइनेछ। भोटिङलाई प्रोत्साहित गर्न यो छुट्टी दिइएको बताएको छ। सवेतन अवकाश दिने कुरा यसैले भनिएको हो ताकि कुनैपनि कर्मचारीलाई मतदानको दिन वेतन कटौतीको डर नरहोस्।

-हिस

About Author

Advertisement