पक्का सड़क बनेको अढ़ाई महीना नबित्दै भत्किन शुरु

कालचिनी: जयगाउँ सुभाषपल्ली क्षेत्रको पार्ट नम्बर ११/७ इलाकामा गत दुई महीना अघि मात्र बनेको पक्का सड़क अहिलेदेखि नै ठाउँ ठाउँमा भत्किन थालेकोले स्थानीय मानिसहरुले यसको गुनासो गर्न थालेको छ।
जेडीएबाट बनेको उक्त पक्का सड़कको काममा निर्माण संस्थाले हेलचक्र्याई गरेको गुनासो गर्दै सड़कको गुणमानमाथि प्रश्न तेर्साएको छ।
यता उक्त क्षेत्रको पञ्चायत सदस्य राजेश भण्डारीले सड़कको निर्माण राम्रै भएता पनि अहिले पानीको निकासीको व्यवस्था नभएकोले पानी र हिलोले गर्दा सड़क खिएको र यसको शीघ्र मरम्मतीको निवेदन सम्बन्धित विभागमा राखिने जनाएका छन्। अर्कोतिर जेडीएका एईओ भूषण शेर्पाले सड़कको निरीक्षण गर्न पठाईने जनाएका छन्।

About Author

Advertisement