खरसाङ: ३० नम्बर अम्बटे-पंखाबारी-लङ्भ्यू समष्टिबाट स्वतन्त्र उम्मेद्वारको रूपमा खड़ा भएका प्रार्थी सुवास छेत्रीले आफ्नो चुनावी प्रचार तीब्र पारिरहेका छन्। यसै क्रममा मङ्गलबार उनले दुधे, रोहिणी आदि क्षेत्रमा पुगेर स्थानीय गाउँवासीहरूसँग भेट गरी आफू चुनावमा खड़ा हुनुको उद्धेश्यबारे अवगत गराए। प्रार्थी छेत्रीसँग भूतपूर्व सैनिक संगठनका सचिव मणिकुमार छेत्री तथा राजेन्द्र सुब्बा पनि उपस्थित थिए। उनले यस अवधि स्थानीय मानिसहरूलाई अब म भएर होइन हामी भएर कार्य गर्नुपर्ने बताए। छेत्रीले अब जनता झण्डाको राजनीतिबाट माथि उठेर स्वतन्त्र भइ जाति र समाजको हितको निम्ति कार्य गर्नुपर्छ भनी आह्वान गरे। तिनले आफू जनताको आवाज बनेर जनताकै निम्ति एउटा सामाजिक सेवाको भावना लिएर कार्य गर्न तत्पर भएर यसरी अघि आएको बताउँदै जनताको सहयोग पाएर जीत हासिल गरेर गएको खण्डमा अवश्यनै जनताकै सेवक भएर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। आफूले जितेर गएपछि पनि कुनै पार्टीको झण्डा नसमाइ पूर्ण रूपले स्वतन्त्र रहेर जन सेवाको कार्य गर्ने आश्वस्त गराउँदै सबैलाई यसपल्ट सचेत भएर आफ्नै निम्ति टेबल ल्याम्पको चिन्हमा भोट दिएर आफैलाई विजयी बनाउने आग्रह गरे। यस अवधि ठाउँ-ठाउँमा पोस्टरहरू पनि टाँसियो।









