गुवाहाटी: भारतले आइतवार खेलिएको तेस्रो टी२० इण्टरनेशनल क्रिकेट म्याचमा न्यूजील्याण्डलाई सजिलै ८ विकेटले पराजित गऱ्यो। यस जीतको साथ भारतले ५ वटा म्याचको सीरीजमा ३-० को अजेय बढ़त हासिल गऱ्यो। बारसापारा क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै न्यूजील्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १५३ रन बनायो। जवाफमा भारतले १० ओभर बाँकी रहँदै २ विकेटमा १५५ रन बनाएर म्याच जित्यो। ओपनर अभिषेक शर्माले फेरि एकपल्ट विपक्षी टीमको सातोपुत्लो उड़ाउँदै २० बलमा अविजित ६८ रन बनाए, जसमा ७ वटा चौका र ५ वटा छक्का सामेल छ। उनले केवल १४ बलमा आफ्नो अर्द्धशतक पूरा गरे, जुन यस प्रारूपमा कुनै पनि भारतीयको दोस्रो सबैभन्दा तेज अर्द्धशतक हो। युवराज सिंहले २००७-को टी२० वर्ल्ड कपमा ईंग्ल्याण्डविरुद्ध केवल १२ बलमा अर्द्धशतक बनाएका थिए। यसरी फर्ममा फर्किने कप्तान सूर्याले २६ बलमा अविजित ५७ रन बनाए, जसमा ६ वटा चौका र ३ वटा चौका सामेल छ। अभिषेक र सूर्यकुमारले ४० बलमा १०२ रनको अटूट पार्टनरशीप गरी भारतलाई सजिलै जीत दिलाए। भारतले आज सञ्जु सेमसन र ईशान किशनको विकेट गुमाए। यसमा ईशानले १३ बलमा १८ रन बनाए जबकि सेमसनले खाता पनि खोलेनन्। यसअघि पहिला ब्याटिंग गर्दै न्यूजील्याण्डको तर्फबाट ग्लेन फिलिप्सले सर्वाधिक ४८ रन बनाए। उनले ४० बल खेलेर ६ वटा चौका र एउटा छक्का लगाए। न्यूजील्याण्डले आज खराब शुरुवातपछि रन गतिलाई उकास्न सकेन। मार्क चापम्यानले ३२ र कप्तान मिचेल सेण्टनरले २७ रनको योगदान दिए। भारतीय बलरहरूमा जसप्रीत बुमराहले सर्वाधिक ३ विकेट लिए। यसबाहेक हार्दिक पाण्ड्या र रवि बिश्नोईले पनि २-२ विकेट हासिल गरे। बुमराहले प्लेयर अव् द म्याचको पुरस्कार जिते। सीरीजको चौथो म्याच बुधवार खेलिनेछ।









