न्यूजील्याण्ड क्रिकेटमा क्रान्तिकारी बद्लाउः महिला क्रिकेटरहरूलाई पुरुषहरू समान म्याच फीस

IMG-20220706-WA0078.jpg

६ जुलाईः न्यूजील्याण्ड क्रिकेट (एनजेडसी) अनि खेलाड़ी संघबीच पाँच सालको ऐतिहासिक अनुबन्धपछि विश्व क्रिकेटमा पहिलोपल्ट पुरुष अनि महिला क्रिकेटहरूलाई सबै प्रारूप (फर्मेट) अनि प्रतियोगिताहरूमा एक समान म्याच फीस प्राप्त हुनेछ। एनजेडसी-का मुख्य कार्यकारी अधिकारी डेविड वाइटले एउटा बयानमा भने, म यस प्रकारको महत्त्वपूर्ण सम्झौतासम्म पुग्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा खेलाड़ीहरू अनि संघहरूलाई धन्यवाद अनि बधाई दिन चाहन्छु। यो हाम्रो खेलको निम्ति सबैभन्दा महत्त्वपूर्ण अनुबन्ध हो जुन एनजेडसी, ठूलो संघहरू र हाम्रा खेलाड़ीहरूका निम्ति बाध्यकारी हुनेछ अनि यसले क्रिकेटमा कोष, प्रगति र विकासको आधारशिला राख्नेछ।
एनजेडसी, ६ वटा ठूलो संघ र न्यूजील्याण्ड क्रिकेट खेलाड़ी संघबीच ऐतिहासिक अनुबन्धअन्तर्गत वाइट फर्न (न्यूजील्याण्डको राष्ट्रिय महिला क्रिकेट टीम) र घरेलु महिला खेलाड़ीहरूलाई सबै प्रारूप अनि प्रतियोगिताहरूमा पुरुषहरूका समान म्याच फीस प्राप्त हुनेछ। बयान अनुसार, अब शीर्ष ऱ्याङकिंग भएको वाइट फर्नलाई वार्षिक अधिकतम् एक लाख ६३ हजार २४६ न्यूजील्याण्ड डलर (८३ हजार ४३२ न्यूजील्याण्ड डलरदेखि बढ़ेर), नवौं ऱ्याङकिंगकी खेलाड़ीलाई एक लाख ४८ हजार ९४६ न्यूजील्याण्ड डलर (६६ हजार २६६ न्यूजील्याण्ड डलरबाट बढ़ेर) अऩि १७औं नम्बरकी खेलाड़ीलाई एक लाख ४२ हजार ३४६ न्यूजील्याण्ड डलर (६२ हजार ८३३ न्यूजील्याण्ड डलरबाट बढ़ेर)-सम्म प्राप्त हुनेछ।
प्रत्येक ठूलो संघकी शीर्ष ऱ्याङकिंग भएकी महिला घरेलु क्रिकेटरलाई अधिकतम् १९ हजार १४६ न्यूजील्याण्ड डलर (तीन हजार ४२३ न्यूजील्याण्ड डलरबाट बढ़ेर), छैटौं ऱ्याङकिंग भएकी खेलाड़ीलाई १८ हजार ६४६ न्यूजील्याण्ड डलर (तीन हजार ४२३ न्यूजील्याण्ड डलरबाट बढ़ेर) अनि १२औं नम्बरकी खेलाड़ीलाई १८ हजार १४६ न्यूजील्याण्ड डलर (तीन हजार ४२३ न्यूजील्याण्ड डलरबाट बढ़ेर)-सम्म प्राप्त हुनेछ। अनुबन्ध अनुसार घरेलु अनुबन्ध हासिल गर्ने महिला खेलाड़ीहरूकी संख्या ५४-बाट बढ़ेर ७२ हुनेछ जबकि पुरुष खेलाड़ीहरूमा अधिक म्याच खेल्ने अनि ट्रेनिंग तथा खेल्नमा अधिक समय बिताएकोमा अधिक रिटेनर राशि प्राप्त हुनेछ। महिला क्रिकेट टीमकी कप्तान सोफी डिवाइनले भनिन्, यो अन्तर्राष्ट्रिय र घरेलु महिला क्रिकेटरहरूका निम्ति असल अनुबन्ध हो। अब उनीहरूलाई पुरुषहरू समान अनुबन्धको साथ मान्यता प्राप्त हुनेछ। पुरुष टीमका कप्तान केन विलियम्सनले भने, यो भविष्यको दिशामा बढ़ाइएको ठूलो कदम हो अनि यसले युवा महिला अनि किशोरीहरूलाई खेल प्रति आकर्षित गर्नेछ।

About Author

Advertisement