न्यूजील्याण्ड क्रिकेटको केन्द्रीय अनुबन्धबाट फेरि पछि हटे केन विलियम्सन

IMG-20250603-WA0256

वेलिंगटन: पूर्व कप्तान केन विलियम्सनले न्यूजील्याण्ड क्रिकेटसँग केन्द्रीय अनुबन्धलाई फेरि अस्वीकार गरेका छन्। यसले गर्दा आउँदो महिना जिम्बाब्वेविरुद्ध २ वटा टेस्ट म्याचको सीरीजमा उनले हिस्सा लिने सम्भावना कम्ती नै रहेको छ। विलियम्सनले गत वर्ष पनि टी२० र विश्वभरि अन्य लीगहरूमा खेल्नको निम्ति केन्द्रीय अनुबन्ध अस्वीकार गरेका थिए। उनले गत वर्ष एउटा आकस्मिक अनुबन्धमा चाहिँ हस्ताक्षर गरेका थिए अनि २०२४-मा न्यूजील्याण्डको १३ वटा टेस्ट म्याचमा ९ वटा खेलेर १००० भन्दा अधिक रन बनाएका थिए। न्यूजील्याण्ड क्रिकेटद्वारा जारी २० अनुबन्धित खेलाड़ीहरूका सूचीमा विलियम्सनको नाम रहेको छैन। विलियम्सनको साथमा विदेशी टी२० लीगहरूमा खेलिरहेका डेवोन कन्वे, फिन एलन, टिम साइफर्ट र लौकी फर्ग्यूसनको नाम पनि सूचीमा रहेको छैन। यसरी अलराउण्डर मुहम्मद अब्बास र ज्याक फाउलकेस, विकेटकीपर मिच हे र स्पिनर आदि अशोकलाई पहिलोपल्ट अनुबन्धित गरिएको छ।
विलियम्सन अहिले ईंग्लिश काउण्टी च्याम्पियनशीप र टी२० ब्लास्टमा मिडलसेक्सको निम्ति अनि द हण्ड्रेड-मा लण्डन स्पिरिटको निम्ति खेलिरहेका छन्। जुलाईको अन्तमा न्यूजील्याण्डको टीम टेस्ट सीरीजको निम्ति जिम्बाब्वे जानेछ। त्यस समय काउण्टी प्रतिबद्धताहरूले गर्दा विलियम्सन ईंग्ल्याण्डमै रहन सक्छन्। अनुबन्धित २० खेलाड़ीहरूलाई गत वर्षको घरेलु र अन्तर्राष्ट्रिय प्रदर्शनको आधारमा ऱ्यांक गरिएको छ।

About Author

Advertisement