नयाँ दिल्ली: पेस बलर भुवनेश्वर कुमार लगभग ४ सालपछि भारतीय क्रिकेट टोलीमा फर्किएका छन्। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले न्यूजील्याण्ड यात्रामा खेलिने ५ वटा टी२० अन्तर्राष्ट्रिय म्याचको सीरीजको निम्ति भारतीय टोलीको घोषणा गऱ्यो। भुवनेश्वरलाई १६ सदस्यीय टोलीमा स्थान प्राप्त भएको छ। चयन समितिका पूर्व अध्यक्ष अजीत अगरकरलाई पदबाट हटाइएपछि यो पहिलो ठूलो चयन हो। पूर्व भारतीय स्पिनर प्रज्ञान ओझालाई अन्तरिम अध्यक्षको जिम्मेवारी दिइएको छ। ओझाले जिम्मेवारी सम्हाल्नको साथै भुवनेश्वरले मौका पाएका छन्, जसमा बललाई स्विंग गराउने असाधारण क्षमता रहेको छ। न्यूजील्याण्डका परिस्थितिहरूमा ३६ वर्षीय भुवनेश्वरको अनुभव भरातको निम्ति उपयोगी साबित हुनसक्छ, जसले भारतको निम्ति यस प्रारूपमा ८७ वटा म्याच खेलेर ९० विकेट लिएका छन्। भुवीको साथमा स्पिनर वरुण चक्रवर्ती पनि टोलीमा फर्किएका छन्। चोटले गर्दा उनी एशियाई खेलहरूबाट बाहिर भएका थिए। न्यूजील्याण्डविरुद्ध सीरीजमा श्रेयस अय्यरले टोलीको कप्तानी गर्नेछन् जबकि तिलक वर्मा उपकप्तान हुनेछन्। दुईजना विकेटकीपरको रूपमा सञ्जु सेमसन र ईशान किशनलाई स्थान दिइएको छ। यसरी युवा ओपनर वैभव सूर्यवंशी पनि न्यूजील्याण्ड जानेछन्। भारत र न्यूजील्याण्डबीच टी२० सीरीजको पहिलो २ वटा म्याच २२ र २४ अक्टोबरमा क्राइस्टचर्चमा खेलिनेछ। त्यसपछि तेस्रो म्याच वेलिंगटन (२७ अक्टोबर), चौथो अकल्याण्ड (३० अक्टोबर) र पाँचौं तथा अन्तिम टी२० म्याच हेमिल्टन (१ नोभेम्बर)-मा खेलिनेछ। न्यूजील्याण्ड यात्रामा भारतले ५ वटा टी२० म्याचको सीरीजपछि ५ वटा वनडे म्याच र २ वटा टेस्ट म्याचको सीरीज पनि खेल्नेछ। वनडे र टेस्ट सीरीजको निम्ति टोलीको घोषणा पछिबाट गरिनेछ। बीसीसीआई-ले न्यूजील्याण्ड ए विरुद्ध ३ वटा बहुदिवसीय म्याचको निम्ति भारत ए टोलीको पनि घोषणा गऱ्यो। ध्रुव जुरेल टोलीका कप्तान हुनेछन् जबकि रिषभ पन्तलाई पनि टोलीमा सामेल गरिएको छ। पन्तको उपलब्धता फिटनेसमाथि निर्भर गर्नेछ।
न्यूजील्याण्डविरुद्ध टी२० सीरीजको निम्ति चयन गरिएको भारतीय टोली यसप्रकार छः
श्रेयस अय्यर (कप्तान), अभिषेक शर्मा, सञ्जु सेमसन, वैभव सूर्यवंशी, ईशान किशन, तिलक वर्मा, अक्षर पटेल, शिवम दुबे, नितिश कुमार रेड्डी, नमन धिर, प्रिन्स यादव, मयंक यादव, अर्शदीप सिंह, भुवनेश्वर कुमार, वरुण चक्रवर्ती र कुलदीप यादव।
मुख्य प्रशिक्षकः गौतम गम्भीर।





