वेलिंगटन: मार्क चापम्यान र ज्याक फोक्सपछि यसपाली प्रमुख पेस बलर विलियम ओ’रूर्के पनि भारतविरुद्ध आउँदो वनडे र टेस्ट सीरीजबाट बाहिर हुँदा न्यूजील्याण्डलाई ठूलो झट्का लागेको छ। देब्रे खुट्टाको चोटबाट मुक्त हुने प्रक्रियामा रहने ओ’रूर्केलाई जोखिमबाट बाँच्न भारतविरुद्ध सीरीजमा नखेलाउने फसेला लिइएको छ। दिसम्बरमा अष्ट्रेलियाविरुद्ध ४ वटा टेस्ट म्याचको सीरीजलाई ध्यानमा राखेर यस्तो फसेला लिइएको न्यूजील्याण्ड क्रिकेटले जनाएको छ। न्यूजील्याण्ड टोली प्रबन्धन ओ’रूर्केला्ई अष्ट्रेलियाविरुद्ध सीरीजसम्म सम्पूर्ण रूपले फिट राख्न चाहन्छ। चोटले गर्दा ओ’रूर्केको घरेलु अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किने योजना पनि पछि सरेको छ। उनले अन्तिमपल्ट अप्रेल २०२५-मा घरेलु मैदानमा म्याच खेलेका थिए। त्यसपछि ढाड़को चोटले गर्दा उनी लामो समयसम्म मैदानदेखि बाहिर रहेका थिए। त्यसपछि अप्रेलमा बंग्लादेश यात्रामा उनी टोलीमा फर्किएका थिए। सात महिना बाहिर बसेपछि उनले त्यस यात्रामा सबै ३ वटा वनडे म्याच खेलेका थिए। न्यूजील्याण्डका मुख्य प्रशिक्षक रब वाल्टरले भनेका छन्, यो निश्चित रूपले विलको निम्ति निराशाजनक कुरा हो कारण उनले भारतविरुद्ध घरेलु सीरीज छोड़नु परिरहेको छ। उनी वनडे र टेस्ट दुवै सीरीजमा खेल्नु थियो तर सबैसँग चर्चा गरेपछि हामी उनलाई चोटबाट मुक्त हुन अनि बलिंगको भार सुरक्षित रूपले अघि बढ़ाउन अझ केही समय दिनु असल रहने कुरामा सहमत भयौं। आउँदो केही महिनामा हाम्रो पेस बलिंग विभाग धेरै महत्त्वपूर्ण हुनेछ। यसैकारण हामी विललाई म्याचमा खेलाउने विषयमा सावधानीपूर्ण दृष्टिकोण अप्नाइरहेका छौं। हामी उनलाई मैदानमा सम्पूर्ण रूपले फिट चाहन्छौं। आदर्श रूपले उनी दिसम्बरको अन्तमा प्लंकट शील्डमा केण्टरबरीको निम्ति खेल्न सक्षम हुनेछन्। त्यसपछि ९ दिसम्बरदेखि अष्ट्रेलियाविरुद्ध पर्थमा खेलिने पहिलो टेस्ट म्याचको निम्ति पनि तयार रहनेछन्। उल्लेखनीय छ, भारत र न्यूजील्याण्डबीच ५ वटा टी२० अन्तर्राष्ट्रिय म्याचको सीरीज २२ अक्टोबरदेखि शुरु हुनेछ। चापम्यान र फोक्स बाहिर भएपछि न्यूजील्याण्डले जोश क्लार्कसन र ब्लेयर टिकनरलाई टी२० टोलीमा स्थान दिएको छ। टी२० सीरीज समाप्त भएपछि यी दुई टोलीबीच १ नोभेम्बरदेखि ५ वटा वनडे म्याचको सीरीज खेलिनएछ। टेस्ट सीरीज १९ नोभेम्बरदेखि शुरु हुनेछ।





