सुकुना: बिजनबारी ब्लकअन्तर्गत कोलबुङ मुर्बिदाङ्ग निवासी सौरभ सुब्बा हालैमा कोचबिहारको अदालतमा न्यायाधीश नियुक्त भएका छन्l हालैमा उनले कानून विषयमा पीएचडी गरेका छन्l उनलाई शनिबार (८ अप्रेल) परिश्रमलाई कदर गर्दै कन्चन्जङ्गा फूटबल क्लब (केएफसी) सिलगढीद्वारा सुकुना स्थित इला पाल स्कुल खेल मैदानमा एक भव्य कार्यक्रमबीच सम्बर्धना जनाइयो । केएफसीको पक्षबाट क्लबका प्रमुख सल्लहाकार अन्जु शेर्पा, एल के राई सोताङ्ग, विजय लिम्बू, सुरज नौबाग, शिव कुमार राई, सुरेन प्रधान, सञ्जय छेत्री, रोल्याण्ड सुब्बा, गौतम खडका, आशिष प्रधान अनि टेक्निकल कमिटी मेम्बर मदन राणा साथै क्लबका खेलाडी खेलाडीहरूले सम्मान जनाए । सुकुना ग्रामीण महिला समिति भाग दुईका सदस्यहरू कृष्ण लिम्बू, अनिता लामा, रन्जु थापा अनि सुकुना ग्राम वेफेयर समितिबाट रोहिना छेत्रीले सम्मान जनाए । क्लबका मुख्य प्रशिक्षक दिनकर छेत्रीले क्लबको पक्षमा न्यायाधीश सौरभ सुब्बालाई सम्बर्धना पत्र प्रदान गरे । उनलाई सम्मान गरिएकोमा सबैले हर्ष प्रकट गरे। सो कार्यक्रममा अनुप छेत्री विशेष रुपमा उपस्थिति थिए।
न्यायाधीश सौरभ सुब्बाले आज यसरी अचानक अनि आफ्नो जीवनमा पहिलो पटक यसरी सम्बर्धना पाँउदा हर्ष प्रकट गरे अनि आफ्नो डिउटीमा रहेर भए पनि समाजको निम्ति सकेसम्म सहयोग गर्ने बताए । कन्चनजङ्घा फूटबल क्लब फूटबलसँग सम्बन्धित रहे ता पनि समाजमा जसले पनि असल कार्य गर्ने सबैलाई यसरी सम्मान दिने र अरुलाई पनि प्रोत्साहन दिने जमर्को केएफसीको रहेको छ । समाजका अन्य प्रतिभावन खेलाडी अनि अब्ब्ल दर्जामा उच्च स्तरिय परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीहरूकलाई प्रोत्साहन दिन केएफसी सधैं अग्रसर रहेको बताइएको छ।









