राजगञ्ज: एकजना शिक्षक जसले नोकरी दिलाइदिने प्रलोभन देखाएर लाखौं रूपियाँ ठगेको आरोपमा पक्राउ गरेको छ। आरोपीलाई अदालतमा पेश गरेपछि न्यायाधीशले तिनलाई ६ दिनको पुलिस रिमान्डमा लैजाने निर्देश दिएको छ। स्मरण रहोस, कुचबिहार जिल्लाको माथाभाङ्गा निवासी बप्पा मालाकारलाई नोकरी लगाइदिने प्रलोभन देखाएर १७ लाख रुपियाँ लिएको आरोप लगाउँदै थानामा रिपोर्ट दर्ता गरेपछि शिक्षक सन्तोष बर्मनलाई पुलिसले पक्राउ गरेर मंगलवार जलपाइगढी अदालतमा पेश गरेको थियो। यस सम्बन्धमा सरकारी पक्षका उकिल मृण्मय ब्यानर्जीले भने, सन्तोष बर्मन नामक एकजना शिक्षकले नोकरी लगाइदिने लोभ देखाएर बप्पा मालाकार नामक एकजना युवकबाट १७ लाख रुपियाँ लिएका थिए। आरोपी शिक्षकलाई अदालतमा पेश गरेपछि तिनलाई अदालतले ६ दिनको पुलिस रिमान्डमा पठाएको छ।










