नेसापले २१०औं भानु जयन्ती भव्यरूपमा पालन गर्ने

IMG-20240613-WA0257.jpg

गान्तोक: नेपाली साहित्य परिषद् सिक्किमले २१०औँ भानु जयन्ती समारोह राज्य स्तरीय रूपमा भव्यताका साथ पालन गर्ने निर्णय लिएको छ।आज राजधानीस्थित जीवन थिङ मार्गस्थित नेपाली साहित्य परिषद् भवनमा अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा बसेको परिषद्को कार्यकारी समितिको बैठकमा यस्तो निर्णय लिइएको छ।

बैठकले भानु जयन्ती समारोहमा सिक्किमका मुख्यमन्त्री श्री प्रेमसिंह तामाङलाई मुख्य अतिथिका रूपमा आमन्त्रण गर्ने निर्णय लिएको छ। समारोहमा राज्य स्तरीय सांस्कृतिक एवम् साहित्यिक प्रतियोगितात्मक कार्यक्रमहरूको आयोजन गरिनेछ। भानु जयन्तीका प्रमुख कार्यक्रमहरूमा आदिकविको सालिगमा माल्यार्पण अनि सांस्कृतिक झाँकी एवम् शोभायात्रा, भानु पुरस्कार, भाषा गौरव सम्मान, सेवाश्री सम्मान, रामायण पाठ, कविता प्रतियोगिता रहेका छन्। यस अवसरमा परिषद्ले वार्षिक पत्रिका भानु स्मारिका पनि विमोचन गर्ने कार्यक्रम रहेको छ। भानु जयन्तीलाई भव्य र सभ्य बनाउन चाँडै एउटा समारोह समितिको गठन गरिने पनि निर्णय लिएको छ।

About Author

Advertisement