काठमांडू: नेवार समुदायको सांस्कृतिक बाजा धिमे बाजा बजाएर शनिबार कीर्तिमान कायम गरिएको छ। काठमांडूस्थित वसन्तपुरमा एक हजार जनाले सो बाजा बजाएर कीर्तिमान कायम गरिएको हो। पर्यटन दिवसको अवसर पारेर सो सांस्कृतिक प्रस्तुती दिइएको हो।
काठमांडू महानगरको आयोजनामा भएको यो कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतीहरू पनि दिइएको थियो।









