नेपाल हज समितिमा सदस्य नियुक्त

IMG-20240507-WA0012

झापा: गृह मन्त्रालयले नेपाल हज समिति सदस्यमा २४ जनालाई नियुक्त गरेको छ । २६ सदस्यीय हज समितिमा अध्यक्ष एक र २५ जना सदस्य नियुक्त हुने प्रावधान रहेको छ। गृह मन्त्रालयले ढिलाे गरी सदस्य नियुक्त गरेको हो।  हिजो अपरान्ह नियुक्त हुने सदस्यहरूमा राबिया खातुन मियाँ (पाल्पा), सिकन्दर बख्श (तनहुँ), मो. जिम्मिल मियाँ अन्सारी (सुनसरी) तैयब हुसेन मियाँ (सुनसरी) जबुल मियाँ (रुपन्देही) , अलिम अहमद हलुवाई (बाँके), समिना मियाँ (चितवन), मो. मुर्तुजा मुसलमान (रूपन्देही), मो. बिलाल खान (ललितपुर), जफर हुसेन (काठमाडौं), रोशन खातुन (रौतहट), मो. अबुबक्र सिद्दिक उद्दीन मुस्लिम (काठमाडौं) रहेका छन्। त्यस्त‌ै  गयासुद्दीन ठकुराई (पर्सा), तेदन हुसेन मियाँ (सुनसरी), नबुल मियाँ (रूपन्देही), आसिफ शाह, (काठमाडौं), राशिद मिर्जा (कपिलवस्तु), मुन्नी खातुन (तनहुँ), मो. आजम  (मोरङ), ज्याउल हसन (पर्सा), फ‌ैज अहमद  खान (रूपन्देही), नेक मोहम्मद (चितवन), गुलाम सरवर (रौतहट), इर्शाद अन्सारी (बारा), शायरा बानु  (स्याङ्जा) र नुरुल होदा फकीर (बारा) हज समिति सदस्यमा नियुक्त भएका छन्।

हज समितिमा देशभरका १४ जिल्लाबाट सदस्य नियुक्त भएका छन्। नव नियुक्त सदस्यहरूमा सर्वाधिक काठमाडौं र रूपन्देहीका ३-३ सदस्य रहेका छन्। त्यस्तै तनहुँ, सुनसरी, चितवन, रौतहट, पर्सा र बाराबाट २-२ जना सदस्य नियुक्त भएका छन्। बाँकी पाल्पा, स्याङ्जा, बाँके, ललितपुर, कपिलवस्तु र मोरङबाट १-१ जना सदस्य नियुक्त भएका छन्। अध्यक्ष समेत २५ सदस्यीय समितिमा पाँच महिला र २० पुरुष नियुक्त भएका छन्। एक हप्ताअघि समितिको अध्यक्षमा पाल्पाका इस्रामुल्ला मियाँ मन्त्री परिषदको निर्णयबाट नियुक्त भएका थिए। आज समिति सदस्यको नियुक्तिपछि बसेको समितिको बैठकले सदस्यहरूको कार्यविभाजन गर्ने जिम्मेवारी अध्यक्षलाई दिएको छ। गृह मन्त्रालयको सभा कक्षमा सम्पन्न समितिको पहिलो बैठकमा गृहमन्त्री रवि लामिछानेको उपस्थिति रहेको थियो। उनले नव नियुक्त सदस्यहरूलाई विधिपूर्वक काम गरी हाजीहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न निर्देशन दिँदै शुभकामना व्यक्त गरे।

About Author

Advertisement