नेपाल: भूकम्पले थर्कियो दोलखा वरिपरि

Earthquake-copy

काठमाडौं: दोलखाको सुरी केन्द्रबिन्दु भएर शनिबार भूकम्प गएको छ। दोलखाको सुरी केन्द्र बिन्दु भएर शनिबार बिहान नेपाली समयअनुसार ११ बजेर २७ मिनेट जाँदा ५.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको हो। उक्त भूकम्पको धक्का दोलखा, ओखलढुङ्गा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो। पछिल्लो समय नेपालको पूर्व र पश्चिम क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प जाने क्रम बढिरहेको छ।

About Author

Advertisement