नेपाल-बेलायत संसदीय मैत्री समूहको पहिलो बैठक सम्पन्न

IMG-20250526-WA0164

काठमाडौं: नेपाल-बेलायत संसदीय मैत्री समूहको पहिलो बैठक सोमबार सम्पन्न भयो।
सिंहदरबारमा आयोजित समूहको उद्घाटन बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का सांसद बिराजभक्त श्रेष्ठले संयोजन गरे।
बैठकले नेपाल र बेलायतबीचको लामो समयदेखिको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले संसदीय मैत्री समूहलाई अझ सक्रिय र प्रभावकारी बनाउने निर्णय गरेको छ।
बैठकमा सहभागी सांसदहरूले नेपाल-बेलायत सम्बन्धका विभिन्न आयामहरूबारे छलफल गरेका थिए। संयोजक श्रेष्ठले समूहले आगामी दिनमा दुवै देशका सांसदहरूबीच पारस्परिक समझदारी अभिवृद्धि गर्न नियमित संवाद, अनुभव आदानप्रदान र कार्यक्रमहरूलाई प्राथमिकता दिने बताए।
बैठकले संसदीय कूटनीतिलाई संस्थागत र सुदृढ पार्न अगाडि बढ्दै नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
समूहले आगामी दिनहरूमा दुवै देशको हितमा काम गर्ने रणनीतिका साथ योजनाबद्ध गतिविधिहरू सञ्चालन गर्ने तयारी गरिरहेको छ।

About Author

Advertisement