नेपाल: प्रसाईँका समर्थकहरू पक्राउ

Durga-Prasain-supporters

काठमाडौं: मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा आन्दोलनका लागि तीनकुनेमा पुगेकाहरूलाई पुलिसले नियन्त्रणमा लिएको छ। दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानअन्तर्गत आन्दोलनका थप कार्यक्रमका लागि तीनकुनेमा पुगेकालाई पुलिसले नियन्त्रणमा लिएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा आन्दोलनका लागि प्रसाईंले अनुमति नलिएको बताएको छ। पुलिसले ‘शंकास्पद’ लागेका व्यक्तिहरूलाई मात्रै नियन्त्रणमा लिइएको बताएको छ। प्रसाईंले शुक्रबारदेखि तीनकुने क्षेत्रमा आन्दोलन गर्ने तयारी गरेका थिए। अहिले तीनकुनेमा पुलिस बाक्लोरूपमा परिचालन गरिएको छ। प्रसाईंले आन्दोलनलाई निरन्तरता दिन खोजेका छन्।

About Author

Advertisement