नेपाल चीन सीमा संयुक्त गस्ती सुरु

IMG-20240615-WA0213.jpg

काठमांडू: भर्खरै मात्र स्थापना भएको उत्तरी गोरखाको बोर्डर आउट पोस्ट (बिओपी ) को टोली र चिनियाँ सुरक्षाकर्मीको टोलीले पहिलो पटक संयुक्त रूपमा सुरक्षा गस्ती गरेको छ। जुन १४ तारिख शुक्रवार दुई देशका सुरक्षाकर्मी बीच अनौपचारिक छलफल गर्दै सीमाक्षेत्रमा अवाञ्छित गतिविधिमा पूर्ण रूपमा निषेध गरेर जानेमा छलफल भएको सशस्त्र पुलिस कार्यालय गोरखाका प्रमुख सुमन बोगटीले जानकारी दिए। उनका अनुसार उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-१ को साम्दोमा स्थापित बिओपिमा खटिएका सशस्त्र पुलिस टोली र चिनियाँ पुलिस टोलीले रोइला भन्ज्याङस्थित ३५ नम्बर सीमा स्तम्भ आसपासमा संयुक्त रूपमा गस्ती गर्दै दुई देशका सुरक्षाकर्मी बिच नियमित सम्पर्क र समन्वयमा आपराधिक गतिविधिलाई पूर्ण रूपमा निस्तेज पार्ने सहमति बनेको सशस्त्र पुलिस गोरखाका प्रमुख बोगटीले बताए।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-१ साम्दोमा रहेको रुइला भञ्ज्याङ नाका नेपाल र चीन बिच आवतजावत गर्ने मुख्य नाका भएकाले सरकारले बिओपी स्थापना गरेको हो। यस नाका उत्तरी गोरखाका बासिन्दाहरू आफूलाई चाहिने सर सामान रोइला भञ्ज्याङ हुँदै ल्याउने गरेकोमा विगत ५ वर्ष देखि यो नाका बन्द अवस्थामा छ।
नेपाल सरकारले मई २८ साम्दोमा बिओपी स्थापना गरे सँगै दुई देशका सुरक्षाकर्मी बिच पहिलो पटक सौहार्दपूर्ण वातावरणमा सकारात्मक छलफल भएको सशस्त्र पुलिस गुल्म गोरखाले जनाएको छ।

About Author

Advertisement