नेपाल-चीन सीमानाका तिङ्कर आवागमनका निम्ति खुला, व्यापारिक चहलपहल

IMG-20240718-WA0218
झापा: नेपाल-चीन सीमानाका तिङ्कर आवागमनका निम्ति खुलेसँगै सिमा क्षेत्र वरपर व्यापारीको चहलपहल बढेको छ। बुधबार व्यास गाउँपालिका-१ छाङ्रुका १५ र तिङ्करका १२ गरी २७ जना व्यापारी उक्त नाका हुँदै चीनको स्वशासित क्षेत्रतर्फ प्रस्थान गरेका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो।

चीन प्रवेशका लागि दार्चुलाका एक सय ८७ जनाले अनुमति लिएका छन्। कोरोनाकालदेखि बन्द रहेको तिङ्कर नाका हालै खुलेको हो। नाकामा अन्य स्थानीय व्यापारी र चिनियाँ नागरिकबीच स्थानीय उत्पादन तथा दैनिक उपभोग्य सामग्री खरिदबिक्री भएको छ।

About Author

Advertisement