नेपाली साहित्य परिषद्ले भाषा मान्यता दिवस भव्यरूपमा पालन गर्ने

IMG-20240731-WA0311

गान्तोकः नेपाली साहित्य परिषद् सिक्किमले आगामी २० अगस्त ०२४-को दिन ३३औँ नेपाली भाषा मान्यता दिवस भव्यतापूर्वक पालन गर्ने निर्णय लिएको छ। ३१ जुलाई २०२४-को दिन अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा बसेको साहित्य परिषद्को कार्यकारी समितिको बैठकले यस्तो निर्णय लिएको छ। समारोहको मुख्य अतिथिका रूपमा सिक्किम सरकारका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई आमन्त्रण गरेको छ। परिषद्ले भाषा दिवसको उपलक्ष्यमा यस वर्ष सङ्गीत क्षेत्रमा दिर्घकालीन विशिष्ट योगदान पुऱ्याउने व्यक्तित्त्वलाई कञ्चनजङ्घा मित्रसेन स्मृति पुरस्कारद्वारा विभूषित गर्ने निर्णय लिएको छ। यसको निम्ति परिषद्ले तीन सदस्यीय चयन समिति मनोनित गरिसकेको छ। परिषद्लाई नाम प्राप्त भएपछि केही दिनभित्रमै परिषद्ले घोषणा गर्नेछ। यसैगरी सिक्किम विश्वविद्यालयबाट नेपाली विषयमा सर्वाधिक अङ्क ल्याएर उतीर्ण हुने विद्यार्थीलाई पनि परिषद्ले पुरस्कृत गर्दै आएको छ। यसको निम्ति परिषद्ले विश्वविद्यालयसँग पत्राचार गरिसकेको छ। यस अतिरिक्त परिषद्ले नेपाली भाषाको वर्तमान अवस्थितिमाथि वार्ता प्रस्तुत गर्ने निर्णय लिएको छ। समारोहमा सङ्गीतमय कार्यक्रम पनि समावेश गरिएको परिषद्का महासचिव निलम न्यौपानेले जानकारी गराएका छन्।

About Author

Advertisement