नेपाली साहित्य परिषदले पालन गऱ्यो बैशाखी पर्व

IMG-20240413-WA0237.jpg

गान्तोक: नेपाली साहित्य परिषद्,सिक्किमका पूर्व अध्यक्ष तथा वरिष्ठ साहित्यकार रुद्र पौड्यालको प्रमुख आतिथ्य र परिषद्का अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा साहित्य, सङ्गीत तथा कला तीनवटै विधालाई समावेश गर्दै कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रममा सर्वप्रथम परिषद्का उपाध्यक्ष नविन लामिछानेको स्वागत सम्बोधन पश्चात तथ्य व्याण्ड, गान्तोकका कलाकारहरूले बाँसुरी र सारङ्गीको धुन बजाएर कार्यक्रम शुभारम्भ गरेका थिए भने कार्यक्रममा प्रेम गहतराज,प्रणिता छेत्री, गणेश ढुङ्गेल, बबिता घतानी र जीवन शर्माको सुन्दर गायन प्रस्तुतिसँगै बनिता लोहागुन र निश्चयन मगरको उत्कष्ट नृत्य प्रस्तुत गरे।

यस अवसरमा साहित्यकारद्वय रत्न लक्सम सुब्बाको कविता सङ्ग्रह गोधूलि साँझ र टीका ढुङ्गेल रटन’–को समीक्षा सङ्ग्रह बाल कथन–को विधिवत लोकार्पण पनि गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै रूद्र पौड्यालले वैशाखी पर्वको औचित्यमाथि प्रकाश पार्दै वैशाखीले नयाँ जीवन प्रदान गर्छ भने यसले हामीलाई नयाँ जोस, उमङ्ग र हौसला पनि प्रदान गर्छ भन्ने विचार प्रकट गरे। यसरी नै कार्यक्रमका अध्यक्ष हरि ढुङ्गेलले कार्यक्रम सानो रूपमा आयोजन गरिएको भए तापनि सफलतापूर्वक सम्पन्न भएको बताए। यस वर्ष लोकसभा र विधानसभाको चुनाउका कारण कार्यक्रम परिषद् भवनमा नै आयोजन गर्न बाध्य बनेको र आउने वर्ष पुनः सँधै झै भव्यरूपमा पालन गर्ने विचार व्यक्त गरे।

About Author

Advertisement