गान्तोक: नेपाली संस्कृति संरक्षण संघ ६ माइल तादोङले आइतवार नयाँ कार्यकारिणी समितिको निर्विरोध निर्वाचन सम्पन्न गरेको छ। शिव मन्दिर ५ माइल तादोङको सभा कक्षमा सम्पन्न उक्त चुनाउमा अध्यक्षको पदमा अमर कुमारी सुब्बा, महासचिव इन्द्रकला शर्मा, उपाध्यक्ष १- लीला शर्मा, २- मिना छेत्री, ३- राधा बास्तोला, सहसचिव कान्ता प्रधान, संयुक्त सचिव डिम्पल दर्नाल, कोषाध्यक्ष सवित्री छेत्री, सहकोषाध्यक्ष देविका प्रधान, प्रचार प्रसार सचिव कृष्णा कृति र सह प्रचार प्रसार सचिव फुलमाया तामाङलाई सर्वसम्मतिले निर्वाचित गरियो।
निर्वाचन समितिमा हरिशंकर चापागाईं र खुसेन तिम्सिना रहेका थिए भने तारा ढकालले पनि निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाएका थिए। निर्वाचन सम्पन्न भएपछि हरिशंकर चापागाईंले नवनिर्वाचित पदाधिकारीहरूलाई सपथ ग्रहण गराए।
चुनाव समितिले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सबै सदस्यलाई आपसी सहयोग र सङ्लग्नताका साथ अघि बढ्न प्रतिबद्ध हुन आग्रह गरेको छ। प्रेस विज्ञप्तिअनुसार, नवनिर्वाचित समितिले आगामी वैशाख पर्व पालनका विषयमा पनि छलफल गरेको छ।










