नेपाली संस्कृति परिषद अन्तरराष्ट्रियद्वारा डा जगत छेत्री राष्ट्रिय साहित्य सेवा पुरस्कार साहित्यकार राजबहादुर राईलाई प्रदान

sanss_592

सिलगढीः नेपाली संस्कृति परिषद अन्तरराष्ट्रियको आयोजनामा आज सिलगढी मिलन मोडस्थित त्रिवेणी संस्कृत बेद विद्यापिठमा नेपाली साहित्यकार एवं युवा प्रतिभा अलङ्करण समारोह राष्ट्रिय स्वयंसेवक संघका मुख्य मार्गदर्शक इन्द्रेस कुमारको मुख्य अतिथित्यमा सम्पन्न भयो। वरिष्ठ साहित्यकार लोकनाथ उपाध्याय चापागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिको रूपमा नेपाली संस्कृति परिषद अन्तरराष्ट्रियका केन्द्रिय कार्याध्यक्ष अशोक चौरासिया, सम्मानित अतिथिमा राजेन शिवाकोटी र राजेन सुवेदी शर्मा उपस्थित थिए। विद्यापिठका विद्यार्थीहरुको सरस्वती बन्दनाबाट शुरु भएको समारोहमा महिला समूहबाट स्वागत गीत प्रस्तुत गरियो। यसैगरी, बाल-बालिकाहरुद्वारा सांस्कृतिक कार्यक्रम तथा कवि गोष्ठी सम्पन्न गरियो।

यस अवसरमा प्रथम डा जगत छेत्री राष्ट्रिय साहित्य सेवा पुरस्कार मिरिकका वरिष्ठ साहित्यकार राजबहादुर राईलाई मुख्य अतिथिको बाहुलीबाट प्रदान गरियो। यसरी नै युवा प्रतिभा पुरस्कारको रूपमा डा पारसमणि प्रधानको स्मृतिमा युवा प्रतिभा पुरस्कार प्रदान गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली संस्कृति परिषद अन्तरराष्ट्रियका केन्द्रिय कार्याध्यक्ष अशोक चौरासियाले आजदेखि डा. जगत छेत्रीको स्मृतिमा स्व. जगत छेत्री राष्ट्रिय साहित्य सेवा पुरस्कार र डा पारसमणि प्रधानको स्मृतिमा युवा प्रतिभा पुरस्कार प्रदान गरिने प्रथा शुरु गरिएको घोषणा गरे।

डा. पारसमणि प्रधान वरिष्ठ साहित्यकार हुनका साथै उहाँ देशभक्ति गीतहरु लेख्ने एक सफल गीतकार पनि थिए भनी उनले बताए। उनले नेपाली भाषा साहित्य र संस्कृतिको संरक्षण अनि प्रबर्द्धनको दिशामा समाजका युवावर्गले कार्य गर्नुपर्ने आवश्यकतामाथि जोर दिए। मुख्य अतिथि इन्द्रेस कुमारले पनि सम्बोधन गर्दै भाषा, साहित्य धर्म, संस्कृतिको संरक्षण गर्नु नै भारतीय सभ्यताको प्रतिक रहेको बताए।

About Author

Advertisement