नेपाली शब्दकोश र स्थान नाम कोश कार्यशला

Nepali-Dictionary.png

सिलगढी: नेपाली शब्दकोश र स्थान नाम कोशका लागू भारतबाट संकलन प्रक्रिया थालनी गर्ने सन्दर्भमा नेपाली भाषा विकास मञ्चको पहिलो दिनको कार्यक्रम आज सम्पन्न भयो| मङ्गलाचरणदेखि आरम्भ भएको समारोहमा डा. गोकुल सिन्हाले स्वागत भाषण राख्दै यो कार्यशाला भाषा प्रोन्नति अभियानको घोतक हुने कुरा गरे। मञ्चका संरक्षक रुद्र पौड्यालले सत्कार्य शुभकारक हुने संकेत दि । सभाध्यक्ष प्रो. प्रतापचन्द्र प्रधानले विकास मञ्चको मुख्यन्त्र जर्नल ‘भरोसा’ विमोचन गरीकन धन्यवाद ज्ञापन गरीकन उद्घाटन सत्र समायित भएको घोषणा गरे।

प्राविधिक सत्रमा प्राध्यापक डा. बलराम प्रसाई र डा. ज्ञानेश्वर निरौलाले कोशशास्त्रलाई सरल र सुलभ देङ्गले ग्रहण गर्नसकिने कुरा राख्दै कोशरचनाका सरल प्रणालीबारे सूचना दिए। स्थाननाममा पीएचडी गरेकी सोनादा कलेजकी शिक्षिका डा. रागिनी थापाले स्थाननाम संग्रहका परिनिष्ठ प्रणाली परिचित गर्दै काय काममा परिआउने समस्याबारे विमर्श गरिन्। प्राविधिक सत्रमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक र प्रपत्र प्रस्तोताहरूसमक्ष सभासद्‌हरूले केही जिज्ञासा राखे। यत्र प्रस्तोता र श्रोताबीच सकारात्मक सम्भाषण भएको कुरा पर्यवेक्षकहरूबाट थाहा लागेको छ।

About Author

Advertisement