खरसाङ: ‘रेशम’, ‘जुम सुमे बजारमा’, ‘भेडाको ऊन जस्तो’, ‘छेक्यो छेक्यो देउराली डाँडा’ जस्ता सुप्रसिद्ध र सदाबहार गीतहरुले नेपाली सांगीतिक क्षेत्रमा एकछत्र राज गरेका नेपथ्य ब्याण्डको सांगीतिक प्रस्तुति सिलगढीमा हुने भएको छ। नेपाली लोक भाका र लोक गीतहरुलाई एप र रक भाकामा समेटेर चर्चित गीत संगीतमा ढाल्ने नेपालका प्रसिद्ध म्युजिकल ब्याण्ड नेपथ्यको सिलगढीमा पहिलोपटक सांगीतिक कार्यक्रम आगामी २८ फरवरीमा भईरहेको छ। नेपाली संगीताकाशमा ख्याति कमाएका नेपथ्य ब्याण्डको सिलगढीको सांगीतिक कार्यक्रमलाई ‘नेपथ्य लाइभ इन सिलगढी’ नाम दिइएको छ। यस सांगीतिक कार्यक्रमलाई सिलगढीमा पहिलोपटक पीभी नेटवर्क र क्लब ग्राभिटीको आयोजनामा
भईरहेको छ। यस विषयमा शुक्रबार खरसाङमा पत्रकार सम्मेलन आयोजना गरेर आयोजक पक्षको तर्फबाट ‘नेपथ्य लाइभ इन सिलगढी’ विषयमा जानकारी गराएका छन्। आयोजक समितिको तर्फबाट प्रतिनिधि स्टीभ देवान र फिल्म निर्देशक विवेक राईले पत्रकारहरुलाई सम्बोधन गर्दै विगत ३०-३५ वर्षदेखि लगातार रुपमा नेपाली सांगीतिक आकाशमा चर्चित म्युजिकल ब्याण्ड नेपथ्यको सिलगढीमा पहिलोपटक सांगीतिक कार्यक्रम आयोजना भईरहेको जानकारी गराएका छन्। दुवैले २८ फरवरीमा हुने भएको ‘नेपथ्य लाइभ इन सिलगढी’ सांगीतिक कार्यक्रममा नेपथ्य ब्याण्डको सांगीतिक प्रस्तुति रहने यस यसको मुख्य कलाकार अमृत गुरुङको प्रस्तुति रहने जानकारी गराइएको छ। यो कार्यक्रम सिलगढीमा राखिनुको कारणमध्ये सिलगढी अन्तर्राष्ट्रिय स्तरमा जक्शन साथै नर्थ ईस्टको गेटवे भएकोले यहाँ पहिलोपटक नेपथ्यको सांगीतिक प्रस्तुति आयोजना गरिएको जानकारी गराइएको छ। २८ फरवरीमा सिलगढीको उध्दवधारा टाउनशीपको विपरीत हुने भनिएको ‘नेपथ्य लाइभ इन सिलगढी’ लाई लिएर आगामी २२ फरवरीमा खरसाङमा नेपथ्य ब्याण्डको गीतहरुलाई लिएर कार्यक्रम पनि आयोजना गरिने भएको जानकारी दुवैले गराएका छन्। दुवैले बताए अनुसार यस साङ्गीतिक कार्यक्रमको लागि टिकट धेरै बिक्री भईसकेको र टिकट अनलाइन र अफ् दुवै प्रकारले भईरहेको साथै कार्यक्रममा ७-८ हजार दर्शकहरु आउने अपेक्षा गरिएको जानकारी गराएका छन्। किनभने नेपथ्यको गीतहरु। चर्चित हुनको साथै जेनजी लगायत सबै पुस्तामा चर्चित रहेको पनि बताएका छन्।











