नेपाली भाषा विकास अनि अनुसन्धान केन्द्रद्वारा भाषा दिवस पालनमा भाषा संग्रामीहरूलाई सम्मान जनाउने

दार्जिलिङ: आगामी भाषा दिवसको दिन नेपाली भाषा विकास अनि अनुसन्धान केन्द्रद्वारा ३१औं
भाषा दिवस पालन गर्ने भएको छ। आगामी २० अगस्तको दिन भाषा दिवस पालन गर्दै भाषा आन्दोलनमा सक्रिय रूपमा भूमिका निर्वाह गर्ने भाषा संग्रामीहरूलाई सम्बर्ध्दना जनाउने भएको जानकारी पत्रकार सम्मेलन बोलाएर अनुसन्धान केन्द्रका सदस्य गोकुल सिन्हाले दिएका छन्। उक्त दिनमा भाषा संग्रामीहरुलाई अभिनन्दन अथवा सम्बर्द्धना जनाइने छ। यसै क्रममा दार्जीलिङबाट आरबी राई, कालेबुङबाट सीके श्रेष्ठ, सिलगढीबाट एनोसदास प्रधान अनि खरसाङबाट बुद्धिमान प्रधान चन्द्र शर्मालाई सम्बर्ध्दना जनाउने भएको छ।

About Author

Advertisement