नेपाली भाषा मान्यता दिवस पालनबारे बैठक सम्पन्न

IMG-20220807-WA0222.jpg

गेजिङ: ३०औं नेपाली भाषा मान्यता दिवस समारोह समितिको दोस्रो सभा आज गेजिङ जिल्ला पञ्चायत भवनमा आयोजक समितिका अध्यक्ष जनक गुरूङको उपस्थितिमा सम्पन्न भयो।यस सभामा गेजिङ नगर पञ्चायतका सभापति देवेन्द्र शर्मा, सिक्किम ठेकादार कल्याण संघका अध्यक्ष एन. बी. दाहाल, महकुमा अधिकारी गोपाल काफ्ले लगायत विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि एवं भाषा प्रेमीहरूको उपस्थिति रहेको थियो।आजको सभाले आगामी २० अगस्तमा सम्पन्न हुने भाषा मान्यता दिवस समारोहमा विभिन्न वरिष्ठ साहित्यकारहरूलाई सम्मान जनाउने साथै संस्कृतिक झाँकीहरू प्रस्तुत गर्दै गेजिङ जिल्ला स्तरीय कार्यक्रम गर्ने निर्णय लिएको छ। भाषा साहित्य संस्कृति परम्पराको संरक्षण संवर्धन गर्ने दायित्व वर्तमान युवा पीडिमा आएको कारण अब प्रत्येक नेपाली भाषीले खुलेर यस दिवसलाई पालन गर्नुपर्ने विषयमा उपस्थित सबैले विचारहरू राखे।आजको सभामा उप समितिहरूलाई जिम्मेवारीहरू हस्तान्तरण गरिएको छ भने आगामी १६ अगस्तको दिन पुन अन्तिम सभा गरिने आयोजक समितिले जानकारी गराएको छ।

About Author

Advertisement