नेपाली भाषाको प्रतिनिधित्व गर्दै कवि सञ्जीव गुरूङ उडिसामा

IMG-20250916-WA0127

खरसाङ: साहित्य अनि सांस्कृतिक समारोह उडिसाद्वारा आयोजित राष्ट्रिय साहित्य महोत्सव २०२५ उडिसाको कोनार्कमा भव्यताको साथ सम्पन्न भयो। गत १४ अनि १५ सेप्टेम्बर २०२५ दुई दिनको कार्यक्रममा देशका विभिन्न क्षेत्रबाट विभिन्न भाषाका कविहरू, आ-आफ्नो मातृभाषाको प्रतिनिधित्व गर्दै उपस्थित भएका थिए। यस कार्यक्रमको उद्घाटन उडिसाका कानुन मन्त्री पृथ्वीराज हरिचन्दनले गरेका थिए। उक्त साहित्यिक महोत्सवमा, कवि सञ्जीव गुरूङले नेपाली भाषाको प्रतिनिधित्व गरेर गएका थिए। त्यसरी नै बङ्गला भाषाका विवेक च्याटर्जी, श्यामली सेनगुप्त, विताशा घोषाल, असमीया भाषाका जय शेखर, दीपराज, जोगेस विकास गोगोई, तेलेगु भाषाका डा. निर्मला बटाल बेलगाभी, कन्नड भाषाका एस गीताञ्जली श्रीकाकुलम, डा. गीताञ्जली डी. सुकासोर, हिन्दीका बिजय कुमार तिवारी, सौताली भाषाका सुरेश कुमार विश्वकर्म, श्याम सी टु डु, उडिया भाषाका सुनील माझी, पंजाबी भाषाका प्रभाज्योति कौर आदिको उपस्थिति रहेको थियो। कार्यक्रममा डा. फनिन्द्र महन्ती, देवी प्रसन्न पटनायक, सत्यब्रत जाना अनि भामिनी दासको पनि उपस्थिति रहेको थियो।

About Author

Advertisement