नेपाली भाषाको उचित मूल्यांकन गरिएको छैन: फुर्तेम्बा भोटिया

IMG-20230820-WA0217.jpg

दार्जीलिङ: नेपाली भाषाको सही मूल्यांकन नभएको हाम्रो पार्टी केन्द्रीय महासचिव फुर्तेम्बा भोटियाले बताएका छन्।हाम्रो पार्टीले आफ्नो गठनकालदेखि नै भाषा र जातिको पक्षमा काम गर्दै आई रहेको छ भन्दै आज हाम्रो पार्टीले आफ्नो कार्यालयमा भाषा दिवस पालन गरयो। कार्यक्रमपछि पार्टी केन्द्रीय महासचिव फुर्तेम्बा भोटियाले नेपाली भाषा देशको संविधानको आठौं अनुसूचिमा मान्यता प्राप्त भएको नेपाली भाषालाई राज्य सरकारले उचित मूल्यांकन नगरेको तिनले बताए।तिनले भने, हाम्रो पार्टीले दार्जीलिङ नगरपालिकामा बोर्ड गठन गरेपछि भाषा मान्यता दिवस भब्यताको साथ पालन गरेका थियौ तर यस पटक हाम्रो पार्टी केन्द्रीय कमिटीले दुई दिन निरन्तर रूपमा बैठक गरेर भाषा र जातिप्रतिको निष्ठालाई अझ प्रगाढ बनाउने निर्णय लिएका महासचिव भोटियाले बताए। सन् १९९२ मा नेपाली भाषाले मान्यता पाएको हो तर आजसम्म पश्चिम बंगाल सरकारले यसको सही मूल्यांकन नगरेको तिनले बताए। त्यसरी नै पार्टी केन्द्रीय कमिटी सदस्य गोपाल परियारले नेपाली भाषा संमाग्रीहरूको स्मरण गर्दै उनको त्याग र बलिदान लाई हामी अनि हाम्रो सन्तानले आजीवन भूल्ने छैन भन्दै पूर्व सांसद आरवी राई दिल कुमारी भण्डारी आदिको नाम लिए।

About Author

Advertisement