नेपालीलाई विदेशीको कलंकबाटमुक्त गरेकोमा अखिल किराँत राई संघद्वारा आभार प्रकट

Screenshot_20230213_225723_Facebook.jpg

गान्तोक: सिक्किमे मूलका नेपाली समुदायमाथि घरिघरि लागिरहने विदेशीको कलंकलाई सधैंको निम्ति मेटाउन सफल भएकोमा अखिल किराँत राई संघ, सिक्किमले राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङसँगै राज्य सरकारप्रति आभार प्रकट गरेको छ। संगठनको पक्षबाट मूल सचिव आर.के. वालिङले एक विज्ञप्ति जारी गर्दै सिक्किमे नेपाली समुदायलाई वर्षौंदेखि लागेको विदेशीको कलंक मुख्यमन्त्री पीएस गोलेको सक्रियतामा मेटाउन सफल भएको बताएका छन्। किराँत राई जाति पनि नेपाली समुदायभित्र पर्ने हुनाले यसरी घरिघरि लागिरहने कलंकले आफूहरूमा आघात पुग्ने गरेको बताएको छ। तर यस ऐतिहासिक निर्णयपछि आफूहरू पनि ढुक्कले श्वास फेर्न पाएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तिमा थप बताएअनुसार, २०१३-मा एसोसिएशन अफ् ओल्ड सेटलर्सले आफूहरूलाई पनि आयकरबाट छूट दिइनुपर्छ भनेर सर्वोच्च अदालतमा दर्ता गरेको याचिकाको सुनवाई गर्दै गत १३ जनवरीको दिन सर्वोच्च न्यायालयले सुनवाईको पर्यवेक्षण खण्डमा सिक्किमे नेपाली समुदायलाई विदेशी मूलको भनेर उल्लेख गरेकोमा सम्पूर्ण सिक्किम नै चिन्तित थियो। तर यस विषयलाई गम्भीरतापूर्वक लिँदै सिक्किम सरकारको तर्फबाट २ फरवरीको दिन अनि केन्द्र सरकारको तर्फबाट ६ फरवरीको दिन यसविरुद्ध सर्वोच्च न्यायालयमा पुनः विचार याचिका दर्ता गरिएको थियो। यसको तत्कालै 8 फरवरीको दिन सर्वोच्च न्यायालयको विशेष बेञ्चले यसमाथि सुनवाई गर्दै उक्त उल्लिखित वाक्यलाई नै हटाउँदै सिक्किमेहरूलाई संविधानले दिएको विशेष दर्जा धारा ३७१(एफ) अक्षुण्ण राख्ने सर्वोच्च न्यायालयले निर्णय लिइसकेको छ। यस कार्यमा राज्य सरकारको पूर्ण सहयोग गर्दै केन्द्र सरकारले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो।

यस महत कार्यको निम्ति अखिल किराँत राई संघ, सिक्किमले प्रधानमन्त्री नरेन्द्र मोदीसँगै केन्द्र सरकार अनि मुख्यमन्त्री पीएस गोलेसँगै राज्य सरकार र तत्कालै ऐतिहासिक निर्णय सुनाइदिएकोमा सर्वोच्च न्यायालयपछि कृतज्ञता प्रकट गरेको छ।

About Author

Advertisement