नेपालमा हिमाल आरोहण गर्न ७२देशका आरोहीको आगमन

IMG-20241201-WA0237

काठमाण्डू: शरद यामीको हिमाल आरोहणका लागि ७२ वटा देशका १ हजार २ सय ५१ नागरिक नेपाल आइपुगेका छन्। पूर्वमा संखुवासभामा पर्ने मकालु हिमालदेखि पश्चिममा दार्चुलामा पर्ने अपीसम्मका ४६ हिमाल आरोहण गर्न यस पटक ७२ वटा देशबाट आरोही नेपाल आएको पर्यटन विभागले जनाएको छ।
यस पटक सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकाबाट १ सय ३१, बेलायतबाट १ सय ५, फ्रान्सबाट ८३, चीनबाट ७९, जर्मनीबाट ७७ रसियाबाट ७५, जापानबाट ६४, चेक रिपब्लिकबाट ६२, स्पेनबाट ५१ र अस्ट्रेलियाबाट ५० आरोही नेपाल आएका छन्। शरद्कालीन यामको आरोहणका लागि २ सय ९२ महिला र ९ सय ५९ पुरुष आरोही रहेको विभागले जनाए। विदेशीबाहेक ४३ जना नेपाली पनि शरद यामको हिमाल आरोहणमा जाँदै छन्।
विभागले हालसम्म हिमाल आरोहण अनुमतिबाट ८ करोड ५८ लाख सलामी दस्तुर संकलन गरेको छ। यस याममा सगरमाथा आरोहणमा भने कोही गएका छैनन् । अरू ८ हजार अग्ला मनास्लु, धौलागिरि, मकालु र चोयुसहितका ४६ हिमालमा १ सय ५९ वटा आरोहण दल गएका छन्।
यस पटक सबैभन्दा धेरै अमादब्लममा ४ सय ८१, मनास्लुमा ३ सय ८, हिमलुङमा १ सय ४४, वरुणसेमा ५१, थापापिक धम्पुसमा ३२, पुथाहिमचुलीमा २८, सारीबुङमा २१ जना आरोही पुगेका थिए।
नेपालले १२ महिनामा तीन याममा हिमाल आरोहण खुला गर्दै आएको छ। जस अनुसार वसन्त याम, सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पर्ने शरद् र डिसेम्बर, जनवरी, फेब्रुअरीमा पर्ने जाडो-गर्मीयाम गरी तीन याम मध्ये सबैभन्दा धेरै वसन्तयाम र सबैभन्दा कम जाडो-गर्मीयाममा आरोहण हुने गरेको छ।

About Author

Advertisement