नेपालमा खुला हिमाल आरोहण प्रतियोगिता हुँने

IMG-20241226-WA0171

सोलु(नेपाल): तेन्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता हुने भएको छ। युएस नेपाल क्लाइम्बर एसोसिएसन र नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनको संयुक्त आयोजनामा यही माघ १६ र १७ (जनबरी २९-३०) मा प्रतियोगिता हुने छ।
प्रतियोगिताबारे जानकारी दिन बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा युएस नेपाल क्लाइम्बर एसोसिएसनका अध्यक्ष सेरापजाङ्बु शेर्पाले पर्वतारोहण खेलको प्रवर्धन गर्ने उद्देश्यसहित प्रतियोगिता गर्न लागेको बताए।
उनले भने, “प्रतियोगिताले आरोहण क्षेत्रमा रुचि राख्नेलाई अझ प्रोत्साहन गर्नुका साथै यसबाट साहसिक पर्यटन प्रवर्धन हुने विश्वास लिएका छौँ।”
युएस नेपाल क्लाइम्बर एसोसिएसनका संस्थापक अध्यक्ष एवं प्रतिनिधि सेरापजाङ्बु शेर्पाले प्रतियोगिता प्रतिस्पर्धा मात्र नभई, आरोहण संस्कृति, सौहार्दता र तेन्जिङ नोर्गे शेर्पाको अटल भावनाको उत्सव पनि रहेको बताए।
प्रतियोगिता दुई दिनसम्म चल्ने छ। प्रतियोगितामा पुरुष र महिलाबिच छुट्टाछुट्टै प्रतिस्पर्धा हुने छ।

About Author

Advertisement