नेपालमा खाद्य स्वच्छता सम्बन्धी साताव्यापी कार्यक्रम

IMG-20240603-WA0201.jpg

बिराटनगर: खाद्य स्वच्छतामा लगानी बढाऔँ, अप्रत्याशित अवस्थाको पूर्वतयारी गरौँ’ भन्ने नाराका साथ विश्व खाद्य स्वच्छता दिवस, २०२४ सुरु भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जुन १ शनिबारदेखि खाद्य स्वच्छता दिवसमा विगतकै जस्तै साताव्यापी कार्यक्रम सुरु गरेको छ।

विभाग अनुसार साताव्यापी रूपमा मनाइने सो दिवसका अवसरमा जुन १देखि ७ सम्म खाद्य सुरक्षासँग सम्बन्धित विषयविज्ञसँग छलफल, गोष्ठी र विभिन्न सचेतनामूलक कार्यक्रम गरिने छ। विभागका निर्देशक मोहनकृष्ण महर्जनले प्रत्येक वर्ष जस्तै यो वर्ष पनि खाद्य स्वच्छता दिवस सप्ताहव्यापी रूपमा शनिबारदेखि सुरु भएको जानकारी दिनुभयो।

About Author

Advertisement