नेपालबाट च्याम्पियन बनेरमिरिको फ्रोजन ब्याण्ड

Frozen-Band-1

मिरिक: नेपालको चर्चित गायन रियालिटी शो ब्याण्ड च्याम्पियन प्रतियोगितामा    च्याम्पियन  बनेपछि  मिरिकको फ्रोजन ब्याण्डका सदस्यहरू बिहीबार आइपुग्यो मिरिक। फ्रोजन ब्याण्डका सदस्यहरूलाई स्वागत गर्न आय लभ मिरिकका पदाधिकारीहरू, फ्रोजन ब्याण्ड फ्यान क्लब थर्बु बकहादुर गाँउका सदस्यहरू, शुभचिन्तक, विभिन्न संघ-संस्थाका पदाधिकारीहरू पशुपति नगर पुगेका थिए। पशुपति  नगरबाट नाँचगानका साथमा खदा, माला लगाएर फ्रोजन ब्याण्डका सदस्यहरूलाई मिरिक फ्याइएपछि मिरिक बाइपास मोडमा ब्याण्ड सदस्यहरूलाई स्वागत जनाँउदै शुभकामना व्यक्त गरे। मिरिक बेथसाइड स्कूल, मिरिक नगरपालिकाका कर्मचारीवर्ग, पारिजात संघ आदिले पनि फ्रोजन ब्याण्डका सदस्यहरूलाई खदा लगाएर स्वागत जनाए। समरण रहोस् गत शनिबार नेपालको राजधानी  काठमाडौंमा भएको प्रतियोगिताको ग्राण्ड फिनालेमा फ्रोजन ब्याण्ड  विजय बनेको थियो। शनिबार नेपालका तीनवटा ब्याण्डहरू एरियल, फ्रीबर्ड, शताब्दी अनि मिरिकको फ्रोजन ब्याण्ड माझ खिताबी भिडान्त भएको थियो। जसमा भोटको आधारमा अनि निर्णायकहरूद्वरा फ्रोजन ब्याण्डलाई   च्याम्पियन घोषणा गरियो। प्रतियोगितामा विजय बनेपछि आयोजक समितिले पुरस्कार स्वरूप  च्याम्पियन  ट्रफी अनि नेपाली रूपियाँ बीस लाख फ्रोजन ब्याण्डलाई  प्रदान गरेको छ। यति मात्र होइन फ्रोजन ब्याण्डका लीड गिटारिस्ट गौरव लामालाई आयोजक समितिले प्रतियोगिताको उतकृष्ट लीट गिटारिष्टको पुरस्कार प्रदान गरे। फ्रोजन ब्याण्डमा भोकलिष्ट दीप रसाइली, बास गिटारिष्ट दीप थोकर, लीड गिटारिष्ट गौरव लामा, किबोर्डमा सौरभ सुनार अनि ड्रमर सिद्धान्त प्रधान रहेका छन्। ब्याण्ड च्याम्पियन बनेर मिरिक आएपछि फ्रोजन ब्याण्डका बेस गिटारिष्ट दीप थोकरले  नेपाल देशमा भएको ठूलो ब्याण्ड प्रतियोगितामा च्याम्पियन बन्न पाउँदा अति खुशी लागेको बताँउदै सबैको माया, प्रार्थना, सहयोग र सहभागिताले नै ब्याण्ड च्याम्पियन बनेको बताए। उनले फ्रोजन ब्याण्डलाई च्याम्पियन  बनाँउन सहयोग गर्ने आय लभ मिरिक, फ्रोजन ब्याण्ड फ्यान क्लब थर्बु बहादुर गाउँ, मिरिक नगरपालिका, विभिन्न संघ-संस्था, विभिन्न स्कूल, कलाकारवर्ग, संचारकर्मीलगायत सम्पूर्ण  सहयोगीहरूप्रति आभार प्रकट गरेको छ। उनले मिरिकमा आफूहरूलाई गरेको भव्य स्वागतपछि  खुशी प्रकट गर्दै ब्याण्डको पक्षबाट मिरिकबासीप्रति आभार प्रकट गरे। फ्रोजन ब्याण्डले थर्बु बहादुर गाँउमा सबैलाई आभार प्रकट गर्दै गीतहरू पनि प्रस्तुत गरे।

About Author

Advertisement