काठमाडौं: नेपालको मन्त्री परिषद् बैठकले राष्ट्रिय सुरक्षा सल्लाहकारमा शंकरदास वैरागी र मुख्यसचिवमा डा. वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ। यसअघि मन्त्रिपरिषद् बैठकले मुख्यसचिवबाट वैरागीले दिएको राजीनामा स्वीकृत गरेको थियो। प्रधानमन्त्री कार्यालयका सचिव अर्याल १८ जूनबाट अवकाशमा जाँदै थिए। उनलाई मुख्यसचिव बनाउनकै लागि वैरागीलाई कार्यकाल तीन महिना बाँकी रहँदा नै राजीनामा दिन लगाइएको हो। प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव नियुक्तिको निर्णय लिनकै लागि आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक डाकेका थिए। राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त वैरागीले आज नै शपथ लिएका छन्। उनलाई प्रधानमन्त्री प्रचण्डले शपथ गराए। -हिस









