नेपालको मेची नेत्रालयका चिकित्सकहरूले गरे मिडल स्यारीका जनताको आँखाको जाँच

IMG-20240217-WA0164.jpg

गान्तोक: २३ स्यारी निर्वाचन क्षेत्रको स्वास्थ्य प्रकोष्ठको पहलमा आज मिडल स्यारीमा एक दिवसीय निःशुल्क स्वास्थ्य जाँच शिविर आयोजना गरियो। यस एक दिवसीय शिविरमा विशेष गरेर आँखाको जाँच गर्नेहरूको अधिक संख्या रहेको थियो। उक्त शिविरमा नेपालको मेची नेत्रालयबाट आएका चिकित्सकहरूले आँखाको जाँच गरे।

मेची नेत्रालयका ८ जना नेत्र विशषज्ञहरूले मिडल स्यारीमा आँखाको निःशुल्क जाँच गरे। मुख्यमन्त्रीको दिशा निर्देश बमोजिम स्वास्थ्य शिविर आयोजना गरिएको मन्त्री केएन लेप्चाले जानकारी गराए। यस निर्वाचन क्षेत्रका मानिसहरूले धेरै दिनदेखि आँखाको चिकित्सक गाउँमा नै ल्याउनु पर्ने माग गर्दै आएको हुनाले उनीहरूको माग अनुरूप नेपालको मेचीबाट आठजना नेत्र विशेषज्ञहरू ल्याएको मन्त्रीले अवगत गराए।

उनको भनाइ अनुसार आजेखि शुरू भएको यो शिविर आगामी २० फरवरीसम्म विभिन्न ग्राम पञ्चायत यूनिटमा आयोजना गरिने भएको छ। भोलि अर्थात १८ फरवरीको दिन नान्डोकमा आयोजना गरिने भएको छ भने यसरी नै चानमारी र भुसुकमा पनि आयोजना गरिने कार्यक्रम रहेको मन्त्रीले जानकारी गराए। आज यहाँको शिविरमा जाँच गरेपछि शल्यक्रिया गर्नु परेको खण्डमा सरकारको खर्चमा उनीहरूलाई मेचीमा लगेर निःशुल्क शल्यक्रिया गरिने अवगत गराए।

आज जाँच गर्नको साथै आँखाका रोगीहरूलाई चाहिने चश्मा पनि प्रदान गरियो। वर्तमान सरकारले विशेष गरेर स्वास्थ्य र शिक्षाको क्षेत्रलाई प्राथमिकता दिँदै आएको हुनाले राज्यको प्राय जसो सबै निर्वाचन क्षेत्रमा निःशुल्क स्वास्थ्य जाँच आयोजना गरिएको अवगत गराए।

About Author

Advertisement