नेपालको पोयट आईडलमा रहेका तीनधारेका कवि अनिल ब्राह्मणलाई जिताउन खरसाङ बजारमा कार्यक्रम जारी

खरसाङ: तीनधारेका युवा कवि अनिल ब्राह्मण उर्फ गोर्खे चार्ली नेपालमा भईरहेको पोइट आईडल सिजन दुईमा प्रतिस्पर्ध्दा गरिरहेका छन्। खरसाङ महकुमा अन्तर्गत तीनधारेको सत्र माइल निवासी कवि अनिल ब्राह्मण (गोर्खे चार्ली) नेपालको पोइट आईडल सिजन दुईमा आफ्नो प्रस्तुति दिईरहेका छन्। हालमा कवि अनिल काठमाण्डौंमा पोइट आईडलमा रहेका छन्। उनलाई भोट गरेर जिताउन खरसाङ बजारमा कार्यक्रम गरेर मानिसहरूलाई भोट हाल्नलाई आह्वान् गरिएको छ। खरसाङ बजारको मूल सड़कमा नै सोमबारदेखि नै कार्यक्रम गर्दै भोटको अपिल गरिएको छ। यस क्रमलाई आज मंगलबार पनि जारी राखिएको छ। उक्त भोट अपिलको लागि खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानको विशेष सहयोग र सहभागिता रहेको छ। खरसाङकी कवि रचयिता छेत्रीले सञ्चालन गर्दै कवि अनिल ब्राह्मण उर्फ गोर्खे चार्लीलाई भोट दिने अपिल गरिएको छ। यस कार्यमा खरसाङका कवि सर्जकहरूले पनि साथ दिईरहेका छन्। यस क्रममा खरसाङका स्रष्टा दिपक ठटाल ‘जलन’ ले पत्रकारहरूसित कुराकानी गर्दै पोयट आईडलको सिजन दुईमा पुगेका तीनधारेका कवि अनिल ब्राह्मण उर्फ गोर्खे चार्लीलाई भोट दिएर जिताउने निवेदन गरेका छन्। कवि अनिल ब्राह्मणले पहिलेबाटै दुईवटा कविताहरू ‘विद्रोहीका विद्रोहहरू’ र ‘मिठाईको खोल’ प्रकाशित छन्। उनी कविको साथै हाँस्य कलाकार, नाटककार पनि हुन्। उनले कलाकारको रूपमा धेरै काम गरिसकेका छन्।

About Author

Advertisement