नेपालको एक सयको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

IMG-20240507-WA0010

झापा: नेपाल सरकारले एक सय रुपियाँको नोटमा चुच्चे नक्सा राख्ने भएको छ। यही २ मई (वैशाख २०) बिहीबार बसेको मन्त्री परिषद बैठकले एक सय रुपियाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एक सय रुपियाँको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय भएको जानकारी दिइन्।  नेपालमा हाल चलनचल्तीमा रहेको रुपियाँ १०० (एक सय) दरको नोटको अग्र भागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नेपालको नयाँ नक्सा राखी रुपियाँ १०० दरको ब्यांक नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति प्रदान गर्ने’, मन्त्री परिषद निर्णयमा उल्लेख छ। लामो समयदेखि नेपालको चुच्चे नक्सालाई लिएर नेपाल भित्र र बाहिर चर्को विवाद हुँदै आएको छl

About Author

Advertisement