नेट-जिरो फेलोसिप कार्यक्रममा मन्त्री कर्मा लोडे भोटियाले जनाए उपस्थिति

IMG-20230616-WA0389.jpg

गान्तोक: भारत सरकारको स्कूल अफ पॉलिसी एण्ड गभर्नेन्सद्वारा सञ्चालित नेट-जिरो फेलोसिप कार्यक्रममा वन विभाग मन्त्री कर्मा लोडे भोटिया, सचिव प्रदीप कुमार लगायत अन्य अधिकारीहरूले सहभागिता जनाए। यस अवसरमा मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिवक छिरिङ वाङचुक लेप्चा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कर्मा लोडे भोटियाले राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले शुरू गरेको मेरो रूख सन्तति, एक दिन धर्तीमाताबारे विस्तृतरूपमा जानकारी गराए। सोही क्रममा स्कूल अफ पोलिसी एण्ड गभर्नेन्सका कार्यक्रम निर्देशक श्रीलता कृष्णनले नेट जिरो फेलोसिप कार्यक्रमबारे विस्तृतरूपमा अवगत गराए। यसरी नै इको टुरिज्मका विशेषज्ञ पाल्देन शेर्पाले इको टुरिज्मले उत्तर जिल्लाको लाबी बाक्छा गाउँमा हिमालय बेम्बो भिलेज र जिरो वेस्ट भिलेजबारे प्रभावीढङ्गमा काम गरेको अवगत गराए।

About Author

Advertisement