नूपुर शर्मालाई नीदरल्याण्डका सांसद गिर्ट विल्डर्सको समर्थन

Nupur-Sharma


नयाँ दिल्ली: एक टीभी च्यानलको बहसमा कथित आपत्तिजनक टिप्पणीलाई लिएर भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी (भाजपा) को प्रवक्ता पदबाट हटाइएकी नूपुर शर्मालाई नीदरल्याण्डका सांसद गिर्ट विल्डर्सको समर्थन प्राप्त भएको छ। उनले नूपुरको समर्थन गर्दै यस मामिलामा भारतले किन माफ माग्ने भनी सोधेका छन्। नूपुरको बयानपछि १४ मुस्लिम बहुल देशको तर्फबाट आपत्ति व्यक्त गरिएको छ। यस्तोमा नीदरल्याण्डका सांसद गिर्ट विल्डर्सले खुल्लेर उनको समर्थन गरेका छन्। उनले अरब र इस्लामिक देशहरू भ़ड्किनुलाई हास्यास्पद ठहर गरे। उनले सोधे, ‘यस मामिलामा भारतले माफी किन माग्ने?’ उनले भारतीयहरूलाई नूपुर शर्माको बचावमा अघि आउने सुझाव पनि दिएका छन्। विल्डर्सले ट्वीट गरे, ‘तुष्टीकरणले कहिलेपनि काम गर्दैन। यसले चीजहरूलाई अझ् बिगार्दछ।’ भारतीय नागरिकहरूलाई मित्रहरूको रूपमा सम्बोधित गर्दै उनले भने, ‘मेरा भारतका मित्रहरू तपाई मुस्लिम देशहरूको धकमीमा नआउनुहोस्। आजादीको निम्ति खड़ा होउ र आफ्नो नेता नूपुर शर्माको बचावमा गर्व महसूस गर र दृढ़ रह।’ उनले यहाँसम्म भने कि नूपुर शर्माले पेगम्बरबारे सत्य बोलेकी थिइन्। यस ट्वीटपछि गिर्ट विल्डर्सलाई ज्यानले मार्ने धमकी दिन थालियो। यसमा उनले भने, ‘पाकिस्तानदेखि लिएर तुर्कीसम्मबाट मलाई धमकी दिइँदैछ, तर यस धमकीबाट केही पनि हासिल हुनेछैन। म सत्य बोल्नदेखि रोकिने छुइनाl’

About Author

Advertisement