नुहाउने क्रममा डुबेर एक किशोर निखोज

IMG-20230528-WA0320.jpg

फुलबारी: फुलबारी महानन्दा ब्यारेजमा नुहाउने क्रममा एकजना किशोर पानीमा डुबेर निखोज भएका छन्। निखोज युवक फाँसीदेवा थाना अन्तर्गत रङ्गापानीको पालपाडा इलाका निवासी १६ वर्षीय सुदीप पालको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार सुदीप पाल आज ६ जना साथीहरूसित फुलबारी महानन्दा ब्यारेजमा नुहाउन गएका थिए भने नुहाउने क्रममा सुदीप पाललाई नदीले बगाएर लगेपछि साथीहरूले तिनलाई उद्धार गर्ने प्रयास गरे तापनि उद्धार गर्न सकेनन्। घटनाको खबर पाएर फाँसीदेवा थाना पुलिस तथा तिनका परिवारका सदस्यहरू घटनास्थलमा पुगेका थिए। पुलिसले उक्त किशोरको खोजी गरिरहेको छ।

About Author

Advertisement