कालचिनी। इस्लाम धर्मगुरु पैगम्बर हज़रत मोहम्मद विरुद्ध अपमानजनक शब्द व्यावहार गर्दै संसारभरिको मुस्लिम तथा इस्लाम धर्मावलम्बीहरुलाई आघात पुऱ्याउने काम गरेकोमा नुपुर शर्मा र नवीन कुमार जिन्दल विरुद्ध कड़ा कानुनी पदक्षेप लिनु पर्ने र दुवैलाई फाँसीमा सजाय दिलाउन पर्ने दाबी गर्दै आज डुवर्स मिल्लते इस्लामिया अलिपुरद्वार जिल्ला कमिटीको पक्षबाट कालचिनी थानामा एउटा प्राथमिकी दर्ता गरिएको थियो।
उक्त अवसरमा डीएमआई अलिपुरद्वार जिल्ला सभापति मोहम्मद फिरोज आलम र महासचिव मोहम्मद आजाद अन्सारी एवम् सदस्यहरुलाई लिएर कालचिनी थानामा पुगेर एउटा लिखित अभियोग पत्र दर्ता गरिएको थियो। डीएमआई अलिपुरद्वार जिल्ला सभापति मोहम्मद फिरोज आलम र महासचिव मोहम्मद आजाद अन्सारीले नुपुर शर्मा र नवीन कुमार जिन्दलले साम्प्रदायिक सद्भाव बिगार्ने काम गरेको र यहाँ सबै जाति र धर्महरुबीच अशान्ति उत्पन्न गराउन खोजेको र राज्यको र देशको अमन सुख शान्ति बिगार्न प्रयास गरेकोले शीघ्र नुपुर शर्मा र नवीन कुमार जिन्दललाई पक्राउ गरी फाँसीको सजाय दिने माग राखेको जनाएका छन्।










