नीरज चोपड़ा विश्व एथलेटिक्स च्याम्पियनशीपको फाइनलमा, रोहित पनि लयमा

IMG-20220722-WA0113.jpg

२२ जुलाईः ओलम्पिक च्याम्पियन ज्याभलिन थ्रो एथलीट भारतका नीरज चोपड़ाले आफ्नो पहिलो प्रयासमै ८८.३९ मीटरको थ्रो गरी पहिलोपल्ट विश्व एथलेटिक्स च्याम्पियनशीप फाइनलको निम्ति क्वालीफाई गरे जबकि रोहित यादवले पनि फाइनलमा स्थान बनाएर भारतको निम्ति इतिहास रचे। पदकको प्रबल दावेदार २४ वर्षीय नीरजले ग्रुप ए क्वालीफिकेशमा पहिलो थ्रो-मै ८८.३९ मीटरको दूरी तय गरे। यो उनको करियरको तेस्रो सर्वश्रेष्ठ थ्रो हो। उनी गत च्याम्पियन ग्रेनाडाका एण्डरसन पीटर्सपछि दोस्रो स्थानमा रहे। पीटर्सले ग्रुप बी-मा ८९.९१ मीटरको थ्रो लगाए। नीरजले भने, यो असल शुरुवात रह्यो। फाइनलमा शत प्रतिशत दिनेछु। मेरो रनअप्-मा सामान्य समस्या थियो तर थ्रो राम्रो रह्यो। नीरजको क्वालीफिकेशन राउण्ड केही समय मात्र चल्यो कारण पहिलो प्रयासमै स्वतः क्वालीफिकेशन मार्क हासिल गरेको हुनाले उनले रहल दुईवटा थ्रो गर्नु परेन। हरेक एथलीटलाई तीनवटा थ्रो गर्ने मौका प्राप्त हुन्छ। रोहितले ग्रुप बी-मा ८०.४२ मीटर थ्रो गरे। उनी ग्रुप बी-मा छैटौं अनि समग्रमा ११औं स्थानमा रहे। स्वर्ण पदकको लड़ाइँ आइतवार बिहान सात बजेर पाँच मिनटदेखि शुरु हुनेछ। दुवै क्वालीफिकेशन ग्रुपबाट ८३.५० मीटरको वाधालाई पार गर्ने शीर्ष १२ जना खेलाड़ीले फाइनलमा स्थान बनाएका छन्।

About Author

Advertisement