नीतीश रेड्डी चोटले गर्दा पूरा सीरीजबाट बाहिर

IMG-20250721-WA0010

म्यानचेष्टर: भारतीय टीमका युवा अलराउण्डर नीतीश कुमार रेड्डी घुँड़ाको चोटले गर्दा ईंग्ल्याण्ड यात्राको रहल २ वटा म्याचबाट बाहिर भएका छन्। यसरी अन्य एक पेस बलर अर्शदीप सिंह पनि हातमा लागेको चोटले गर्दा चौथो टेस्ट म्याचबाट बाहिर भएका छन्। भारत र ईंग्ल्याण्डबीच जारी ५ वटा टेस्ट म्याचको सीरीजअन्तर्गत चौथो टेस्ट म्याच २३ जुलाईदेखि म्यानचेष्टरमा खेलिनेछ। आयोजक टीमले २ वटा म्याचमा जीतको साथ सीरीजमा २-१-को बढ़त हासिल गरेको छ। यसैकारण भारतको निम्ति सीरीजमा कायम रहने चौथो टेस्ट म्याच गर या मर भएको छ। आइतवार जिम ट्रेनिंगको अवधि रेड्डीलाई चोट लागेको थियो। त्यसपछि स्क्यानिंगको अवधि भारतीय मेडिकल टीमलाई लिगामेण्टमा चोट रहेको पत्तो लाग्यो।
भारत र ईंग्ल्याण्डबीच जारी टेस्ट सीरीजमा २ वटा म्याच खेल्ने रेड्डीको प्रदर्शन प्रभावशाली रहेन। एजबेस्टन टेस्ट म्याचको दुवै ईनिंग्समा उनले कुनै विकेट लिन सकेनन्। यसरी ब्याटको साथ पनि २ वटा ईनिंग्समा केवल १-१ रन बनाए। त्यसपछि लर्ड्समा खेलिएको तेस्रो टेस्ट म्याचको पहिलो ईनिंग्समा चाहिँ उनले २ वटा महत्त्वपूर्ण विकेट लिएका थिए। उनले ईंग्ल्याण्डको दोस्रो ईनिंग्समा पनि १ विकेट लिए तर ब्याटको साथ चाहिँ उनको निराशाजनक प्रदर्शनको क्रम जारी रह्यो। उनले लर्ड्स टेस्ट म्याचको २ वटा ईनिंग्समा केवल ३० र १३ रन बनाए। तेस्रो टेस्ट म्याचमा भारत २२ रनले पराजित भएको थियो। भारतका अन्य २ जना पेस बलर आकाश दीप र अर्शदीप पनि चोटग्रस्त छन्। आकाश दीप कम्मरको चोटसँग जुझिरहेका छन् भने अर्शदीपको हातमा चोट लागेको छ। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले यी दुईजना पेस बलरको कवरको रूपमा युवा पेस बलर अंशुल कम्बोजलाई टीममा सामेल गरेको छ। कम्बोज भारत ए टीमका हिस्सा थिए, जसले टेस्ट सीरीज अघि ईंग्ल्याण्ड लायन्सविरुद्ध २ वटा अनौपचारिक म्याच खेलेको थियो। कम्बोजले ती म्याचहरूमा ५ विकेट लिनको साथै दोस्रो म्याचमा अर्द्धशतक पनि बनाएका थिए।
यसरी महत्त्वपूर्ण चौथो टेस्ट अघि पेस बलरहरूका चोटले भारतलाई झट्का लागेको छ कारण जसप्रीत बुमराहले चौथो टेस्ट म्याचमा खेल्नेछन् या छैनन् भन्ने अहिलेसम्म स्पष्ट भएको छैन। टीमको कार्यभार प्रबन्धन नीतिअन्तर्गत बुमराहले सीरीजमा केवल ३ वटा टेस्ट म्याच खेल्ने टीम म्यानेजमेण्टले अगावै घोषणा गरिसकेको छ। बुमराहले लीड्समा खेलिएको पहिलो टेस्टमा हिस्सा लिएका थिए भने बर्मिंघम टेस्ट म्याचमा उनलाई विश्राम दिइएको थियो। त्यसपछि उनले लर्ड्समा खेलिएको तेस्रो टेस्ट म्याचमा हिस्सा लिएका थिए। अब चौथो टेस्ट म्याचको निम्ति उनलाई अन्तिम एकादशमा स्थान दिइनेछ या छैन भन्ने हेर्नु रोचक हुनेछ। यसरी मोहम्मद सिराजले सीरीजको पहिलो ३ वटा टेस्ट म्याच खेलेका छन्। उनलाई पनि टीम म्यानेजमेण्टले विश्राम दिनेछ या छैन भन्ने अहिलेसम्म स्पष्ट भएको छैन।

About Author

Advertisement